जहाज हाेइनः ट्रक ठाेकिँदा भएकाे आगलागीमा परी ३ जनाकाे मृत्यु

२३ असार २०८०, मकवानपुर– हामीले हवाइ जहाज दुर्घटना हुँदा आगलागी भएकाे घटना धेरै सुनेका छाैं । तर मकवानपुरमा भएकाे सवारी दुर्घटनामा ट्रकमा आगलाी हुँदा तीन जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनु भएकाे छ । दुइवटा ट्रक ठोकिएर आफै जल्दा ट्रकमा सवार तीन जना बाहिर निस्कन नसकेर ट्रकसंगै जल्दा मृत्यु भएको हो । ट्रकमा जलेका तीन जनाको पुरै सव जलेपछी साना टुक्राहरु मात्र फेला परेको छ । त्यो सवका टुक्राहरु भने हेटौंडा अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएकाे छ ।

मृत्यु हुनेमा ना ६ ख ६६६७ नंको ट्रक चालक जिल्ला चितवन राप्ति नपा ८ बस्ने वर्ष २८ को रिहान रुम्बा तामाङ, सहचालक जिल्ला गोरखा गण्डकी गापा २ गोर्दीटार बस्ने वर्ष २१ को सुमन चेपाङ र ना६ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको कार्कीले बताउनुभयो । आगलागी भएको सवारी निभाउन हेटौँडाबाट दुई वटा दमकल आई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ना६ख ६६६७ नको ट्रकमा सवार जिल्ला चितवन राप्ति नपा ३ बस्ने वर्ष ३५ को विवेक तमाङ र ना६ख ६३१ नंको ट्रक चालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष ३२ को अर्जुनकुमार प्रजा रहेको प्रहरीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एसइइकाे पुरक परीक्षा साउन २६ र २७ गते हुने
Next post ललिता जग्गा प्रकरणमा सूचना तथा संचार मन्त्रालयका सचिव राउत पक्राउ