ललिता जग्गा प्रकरणमा सूचना तथा संचार मन्त्रालयका सचिव राउत पक्राउ

२४ असार २०८०, काठमाडौँ– ललिता निवासको जग्गा किर्ते कागज बनाई किनवेच गरेको प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन । प्रहरीले ललिता निवास प्रकरणमा संलग्न भएको अभियोगमा उनलाई आज पक्राउ गरेको हो । राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोकी एआइजी किरण बज्राचार्यले सञ्चार सचिव राउतलाई पक्राउ गरिएको पुष्टि गर्नुभएको छ । २०६६/०६७ ताका प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास विस्तार गर्ने नाममा भूमाफियाको योजनाअनुसार अगाडि बढेको सट्टाभर्नासम्बन्धी निर्णयमा राउत शाखा अधिकृत हुँदा टिप्पणी उठाएकाे थियाे । त्यही टिप्पणी सहसचिव, सचिव, मन्त्री हुँदै तहगत रुपमा सदर गरेर मन्त्रिपरिषद्मा पुर्‍याइएको थियो । त्यस बेला माधवकुमार प्रधानमन्त्री थिए । उपप्रधान तथा भौतिक तथा योजनामन्त्री विजय गच्छदार, सचिव दीप बस्न्यात तथा भूमि सुधार सचिव छविराज पन्त रहनु भएकाे थियाे ।

सट्टाभर्नामा नेपाल सरकारको नाममा रहेको करिब २५ रोपनी जग्गा हिनामिना भएको थियो । सोही प्रकरणमा मन्त्रालयबाट टिप्पणी उठाएका त्यस बेलाका शाखा अधिकृत राउत पक्राउ परेका हुन् । यो प्रकरणमा ५ पूर्वसचिवसहित ४ सयभन्दा बढी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जहाज हाेइनः ट्रक ठाेकिँदा भएकाे आगलागीमा परी ३ जनाकाे मृत्यु
Next post बाँध निर्माणले जोखिम क्षेत्रमा सुरक्षाः बजेट अभावले सवै तिर बाँध निर्माण हुन नसक्दा अझै धेरै बस्ती बग्ने खतरा (फाेटाे फिचर)