मेची भन्सारमा ७० प्रतिशत राजश्व संकलन

६ साउन २०८०/सारासन्देश समाचार

पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट यो बर्ष लक्ष्यको ७० प्रतिशत मात्र राजश्व संकलन भएको छ । अघिल्लो दुई आर्थिक बर्षमा लगातार लक्ष्य भन्दा ७ र ११ प्रतिशत धेरै राजश्व संकलन भइरहेको अवस्थामा आर्थिक बर्ष २०७९/०८० मा भने ३० दशमलव ६० प्रतिशतले भन्सार असुली कम भएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताउनु भयो । रेग्मीका अनुसार देशका ठूल्ठूला भन्सारबाट समेत ५८ प्रतिशतमात्र भन्सार अलुसी भइरहन्दा झापाको मेची नगरको राजश्व संकलन भने सन्तोषजनक रहेको छ ।

मेची भन्सार नाका भएर आउने सवै भन्दा धेरै पेट्रोलिय पदार्थको आयात घटेसँगै भन्सार असुलीमा प्रभाव परेको हो । आर्थिक बर्ष २०७९/०८० मा २० अर्व २४ करोड १८ लाख ३८ हजार रुपयाँ भन्सार राजश्वको लक्ष्यमा १४ अर्व ५ करोड २० लाख ९० हजार रुपयाँ मात्र भन्सार संकलन भएको मेची भन्सार कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एक सय केजी सुन तस्करीमा प्रक्राउ परेकालाई अनुसन्धान गर्न म्याद थप
Next post डी. कौडिन्य पुरस्कार पत्रकार अधिकारीलाई