डी. कौडिन्य पुरस्कार पत्रकार अधिकारीलाई
७ साउन २०८०/सारासन्देश समाचार
क्रान्तिकारी विचारका संचारकर्मी देवकुमार आचार्यको स्मृतिमा स्थापित पुरस्कार यो बर्ष झापाका यूवा पत्रकार दिपक अधिकारीलाई प्रदान गरिएको छ । डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारको नामबाट स्थापित पुरस्कार आइतबार भएको एक औपचारिक कार्याक्रमबीच अधिकारीलाई नगद २१ हजार सहित कोशी प्रदेशका मन्त्रि कार्याक्रमका पमुख अतिथि राजेन्द्र कार्कीको हातबाट प्रदान गरिएको छ ।
कार्याक्रममा बोल्दै मन्त्रि कार्कीले पत्रकार आचार्यले निरकुंशता विरुद्धको आवाज एउटा सम्झन र सम्मान गर्ने कार्य भएको बताउनु भएको छ । उहाँले अर्को प्रसंगमा कोशी प्रदेशको विकासमा आफूहरु कटिवद्ध भएर लाग्ने समेत बताउनु भएको छ ।
क्रान्तिकारी विचारधारालाई उजागर गर्न साहित्य र पत्रकारितामा लाग्नु भएका आचार्यको २०५९ साल साउन ७ गते झापामा सेनाको चरम यातना पछि गोली हानेर मृत्यु गरेको थियो । भाषा विज्ञानमा स्नाकोत्तर गर्नु भएका आचार्यले ३० को दशक देखि नै साहित्य र पत्रकारिता मार्फत निरकुंशता विरुद्ध आवाज उठाउँदै आउनु भएको कार्याक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव विमल लामिछानेले बताउनु भयो ।
सेन्टरका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्याक्रममा केन्द्रिय उपाध्यक्ष विवेक गौतम्, कोशी प्रदेश अध्यक्ष विनोद घिमिरे, माओवादी केन्द्रका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ लगायतले क्रान्तिकारी संचारकर्मी आचार्यको जीवनी माथि चर्चा गर्नु भएको छ ।
कार्याक्रममा माओवादी केन्द्रकी केन्द्रिय सदस्य सरु न्यौपाने, नेपाल पत्रकार महासंघका अध्यक्ष एकराज गिरी लगायत झापाका विभिन्न पत्रकार संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।