पूर्वी नेपालको मेची भन्सारमा कडाइः एक सय रुपयाँ माथिको सामानको अनिवार्य भन्सार तिर्नु पर्ने (फाेटाे फिचर)

९ साउन २०८०/बालदिवश तामाङ

पूर्वी नेपालको मेची भन्सार नाकामा आयात हुने सामाग्रीको भन्सारमा कढाई गर्न थालिएको छ । एक सय रुपयाँ माथिको सामानमा अनिवार्य भन्सार लगाउने नियमलाई कडाइ गर्न थालेसँगै भारतबाट सामान ल्याउने नेपाली उपभोक्ताको संख्यामा कमि आउन थालेको छ । मेची भन्सारले घरायसी सामान ल्याउनेलाई समेत कडाइ गर्न थाले पछि अधिक नेपाली उपभोक्ता पुग्ने भारतको पानी ट्याङ्की बजारको चाप घट्न थालेको छ । भन्सार कार्यालयले यस अघि नै नियम बनाए पनि व्यवहारिकताका आधारमा घरायसी प्रयोजनको सामानलाई भन्सार छुट दिने गरेको थियो । तर हालै आएर कढाइ गर्न थाले पछि नाकाको चापमा समेत कमि आएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताउनु भयो । रेग्मीका अनुसार कडाइ गरेसँगै भन्सार छली गरेर क्यारियर गर्ने व्यापारीको संख्या समेत घटेको छ । भन्सारमा कडाइ गरे पछि भारत तर्फ गएर खरिद गर्ने नेपालीहरुले समेत नेपाली बजारमै खरिद गर्न थालेको उहाँले बताउनु भयो ।

दैनिक ठूलो संख्यामा ओहोर दोहोर हुने काँकड्भिट्टा नाकामा थोरै सामानको समेत भन्सार लिन थालिएको छ । जसले गर्दा आधा भन्दा धेरै कारोवार घटेको पानी ट्याँङ्कीमा लामो समय देखि व्यवसाय गर्दै आउनु भएका सुधिरकुमार सिंहले बताउनु भयो । सिंहका अनुसार एक सय रुपयाँ देखि माथि भन्सार लाग्ने भए पछि नेपाली उपभोक्ताहरुको बजारको रुपमा रहेको भारतको पानी ट्याङकी बजारको कारोवार आधा भन्दा धेरै घटेको उहाँले बताउनु भयो । भन्सार कडाइ गर्दा भारतमा जाने उपभोक्ता स्थानीय बजारमै भर पर्न थालेका छन् । नेपाली उपभोक्ताले भारतबाट सामान ल्याउन कम भएसँगै सिमावर्ती क्षेत्रमा रहेको काँकडभिट्टा बजारको कारोवार भने बढ्न थालेको छ । स्थानीय व्यवासायी शुशिला तामाङले बताउनु भयो ।


तर यता केही क्यारियरको रुपमा सामान ओसार पसार गर्ने व्यवसायीले भने भन्सारले कडाई गरेको प्रति विरोध गर्न थालेका छन् । मंगलबार स्थानीय साना क्यारियर व्यवासायीहरुले विरोध गर्दा नाकामा निक्कै वेर तनावग्रस्त समेत बनेको काँकडभिट्टा प्रहरी कार्यालयले जनाएको छ ।

थाेरै सामानकाे भन्सार काट्न लागेकाे लाइन

यस्तै सिमावर्ती क्षेत्रमा बसोवास गर्नेहरुले समेत थोरै सामानको भन्सार छुट गर्नु पर्ने बताएको छन् । थोरै सामानको पनि भन्सार लिन थाले पछि भारतीय बजारको व्यापार भने धेरै प्रभावित भएको छ । काँकडभिट्टा नाका भएर दैनिक सयौंको संख्यामा नेपालीहरु सामान खरिदका भारतीय बजारमा पुग्ने गर्दछन् । तर भन्सार कडाइ गरेसँगै ओहोरदोहोर गर्नेको संख्या समेत घट्न थालेको मेची भन्सार कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भीरबाट जीप खस्दा पाँचथरमा १ जनाकाे मृत्यु, १३ जना घाइते
Next post यस बर्ष मात्र झापामा बाढी तथा खोलामा डुवेर १० जनाको मृत्यु