मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहणः पूर्व सभामुख गौतमसहित चार सदस्यीय मन्त्रीमण्डल विस्तार

१७ साउन २०८०, मोरङ– पूर्व सभामुख बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार दिंदै कोशी प्रदेशमा चार सदस्यीय मन्त्रीमण्डल गठन गरिएको छ । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो । यसैगरी प्रदेश प्रमुख खापुङले आर्थिक मामिला तथा योजना मन्त्रीमा बाबुराम गौतम, खानेपानी सिंचाई तथा उर्जा मन्त्रीमा प्रदीप सुनुवार र भौतिक पर्वाधार विकास मन्त्रीमा कमल प्रसाद जवेगुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा साउन १६ गते नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

शपथ ग्रहणपछि मुख्यमन्त्री उद्धव थापाले चाँडै विश्वासको मत लिने जानकारी दिंदै मन्त्रीमण्डललाई पूर्णता दिने बताउनु भयो । उहाँले अध्यादेशबाट आएको बजेटलाई प्रतिस्थापन विधेयक ल्याएर बजेट कार्यान्वयनको प्रक्रियामा लैजाने जानकारी दिनुभयो । उहाँले अधिवेशनबाट ल्याइएकाे बजेटलाइ चाँडै कार्न्वयन गरिने बताउनु भयाे ।

सभामुखबाट राजिनामा दिएर आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएका बाबुराम गौतमले पार्टीको निर्णयअनुसार आफु मन्त्रीमण्डलमा सहभागि भएको बताउनु भयो । उहाँले आफ्नो कार्य र गतिविधिले संसदीय मूल्यमान्यतामा कुनै हानी नोक्सानी नभएको जिकिर गर्नु भएकाे छ । उहाँले राजिनामा दिएका गाैतमले पुनः पार्टीले दिएकाे मन्त्रीकाे जिम्मेवारी सम्हालेकाे बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post डेङ्गु नियन्त्रणका लागि धरान भित्रका विद्यालय बन्दः झापामा पनि बढ्दै डेङ्गु
Next post गत बर्ष अदुवा निर्यात ४७ प्रतिशतले बृद्धिः ६४ करोड मुल्यको अदुवा निर्यात