नेपालकै सवै भन्दा धेरै खेती हुने झापामा मकै उत्पादन यस बर्ष ७ प्रतिशतले बृद्धि (फाेटाे फिचर)

२० साउन २०८०/बालदिवश तामाङ
नेपालमा सवै भन्दा धेरै मकै फल्ने झापा जिल्लामा यस बर्ष उत्पादनमा थप बृद्धि भएको छ । यस बर्ष अघिल्लो बर्ष भन्दा झण्डै ७ प्रतिशतले मकै उत्पादन बृद्धि भएको हो । झापा जिल्लामा विगत ४ बर्ष यता मकै जोन कार्याक्रम संचालन गरे पछि बर्षेनी मकै खेती बढ्दै गएको छ ।


यस बर्ष अघिल्लो बर्षको तलुनामा मकै खेती विस्तार र उत्पादकत्व समेत बृद्धि भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार कुल उत्पादनमा यस बर्ष ७ प्रतिशतले मकै उत्पादन बढेको छ । झापाका किसानहरुले हाइव्रिड विऊको प्रयोग र मकै व्लक कार्याक्रम संचालन गर्न थाले पछि किसानले मकै उत्पादन समेत बृद्धि गरेका छन् । झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र ज्ञान केन्द्रले मकै व्लक कार्याक्रम संचालन गर्दै आएको छ । कार्याक्रमबाट साना सिंचाई, उन्नत विऊ र मलमा समेत अनुदान दिइँदै आइएको उहाँले बताउनु भयो ।


जिल्लामा यो ४४ हजार २ सय ७५ हेक्टरमा खेती भएको छ । विगत बर्ष भन्दा उत्पादन समेत बृद्धि भएको छ । यो बर्ष बर्षातको सिजनमा पानी कम परेकाले पनि मकै थन्काउन सजिलो भएको छ । तर बजारमा अघिल्लो बर्षको जस्तो मुल्य नआउँदा भने किसान मारमा परेका छन् । अघिल्लो बर्ष प्रति मन १२ देखि १३ सयसम्म बिक्री भएको मकै यो बर्ष २ देखि ३ सय घटेको दमक वडा नं. १० की किसान खुमादेवी बाँस्तोलाले बताउनु भयो । बाँस्तोलाका अनुसार यो बर्ष उत्पादन भने धेरै बृद्धि भएको छ । तर किसानले महँगो मुल्यमा मल, विऊ खरिद गरेर गरेको किसान मुल्य नआउँदा भने मारमा परेको उहाँले बताउनु भयो ।

झापामा बार्षिक सरदर ४४ हजार हेक्टरमा मकै खेती हुँदै आएको छ । यस बर्ष मल र जलले समेत साथ दिए पछि जिल्लामा जम्मा २ लाख २५ हजार ६ सय ७५ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता. चार जनाको शव प्राप्त, पहिरोमा जुम्लाका मात्रै ११ जना परे
Next post भारतकाे उतराखण्डमा वेपत्ता १९ मध्ये अधिकाशं नेपालीः ३ जनाकाे पहिचान खुल्याे