लिम्बुवान बन्दः लामा दुरीकाे सवारी साधान र विधालयमा बढी प्रभाव (फाेटाे फिचर)

२२ साउन २०८०/झापा

राष्ट्रिय जनमुक्ति पार्टी सहितका घटकले आज आव्हान गरेको बन्दका कारण पूर्वको जनजीवनमा आंशिक प्रभाव परेको छ । राष्ट्रिय जनमुक्ति पार्टी सहित पहिचानवादी विभिन्न ६ घटकद्वारा आज एक दिन लिम्बुवान बन्द आव्हान गरेको हो । बन्दका कारण झापाका मुख्य शहर, वजारहरु पूर्णरुपमा संचालन भएका छैनन् । विहानै देखि नै सडकमा लामा दुरीका सवारीहरु पूर्ण रुपमा ठप्प रहेका छन् । जसले गर्दा लामो दुरी भएर यात्रा गर्ने यात्रुलाई असहज भएको छ । यस्तै जिल्लाका अधिकांस शिक्षण संस्थाहरुको पठनपाठन प्रभावित हुन पुगेको छ ।

सडकमा छोटा दुरी तथा निजी सवारीसाधनहरु भने छिटफूट रुपमा मात्र सञ्चालनमा रहेको र त्यस्तो अप्रीय घटना मध्यान्हसम्म कुनै पनि नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरिक्षक खगेन्द्र रिजालले जानकारी दिनु भयो ।

विक्रम सम्बत् १८३१ साउन १८ गते लिम्बुवान र तत्कालिन गोर्खाली शासकबीच भएको ताम्रपत्रको सन्धिलाई सोही साल साउन २२ को नूनपानी सन्धिले विस्थापित गर्दै लिम्बूवानको सार्वभौमसत्ता हरण गरेको जनाउँदै त्यस दिनलाई जनमुक्ति पार्टीले २०६६ सालदेखि साउन २२ गते विरोध स्वरुप बन्दको आव्हान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जनतासँग माओवादी रूपान्तरण कार्याक्रम ३ महिने अभियान संचालन गरिनेः प्रम प्रचण्ड
Next post ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी