ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी

२२ साउन २०८०,काठमाडौं–  काठमाडौँ जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो, सीआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार काँग्रेस नेता गच्छदार चार जना पूर्वमन्त्रीको नाममा आइतवार पक्राउ पुर्जी जारी भएको हो । उहाँका अनुसार अदालतले तत्कालीन भौतिक योजना मन्त्री गच्छदार, सोही मन्त्रालयका राज्यमन्त्री सञ्जय साह टकला र भूमिसुधार मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हाे ।

यस प्रकरणमा ब्युरोले यसअघि २० आरोपीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा १ जना पूर्वउपप्रधानमन्त्री, तीन पूर्व मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप लाग्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लिम्बुवान बन्दः लामा दुरीकाे सवारी साधान र विधालयमा बढी प्रभाव (फाेटाे फिचर)
Next post काम नगरेर चर्चा कमाएकाे पप्पु सहित २४ निर्माण कम्पनि कालाे सूचीमा परे