दिगाे विकासमा जाेडःसुसाशन स्थापना गर्न गौरादहमा १९ क्षेत्र निर्धारण

२३ साउन २०८०/सारासन्देश समाचार (झापा)
गौरादह नगरपालिकाले दिगो विकास र सुशासनमा जोड दिन १९ वटा क्षेत्रका गतिविधिलाई जोड दिएको छ । आर्थिक बर्ष २०८०÷०८१ को बजेट तथा कार्याक्रमसम्बन्धी जानकारी दिन आज नगरमा गरिएको पत्रकार सम्मेलनमा नगरले विकासका लागि ६ क्षेत्र र १३ वटा उपक्षेत्र निर्धारण गरी कार्याक्रम बनाइएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताउनु भयो ।
प्रमुख प्रसाशकीय अधिकृत राजेन्द्र भट्टराईले सहजिकरण गर्नु भएको कार्याक्रममा नगर प्रमुख क्षत्रपति सुवेदीले पत्रकारको जिज्ञासासम्बन्धी जवाफ दिनु भएको छ । प्रमुख सुवेदीले नगरपालिकाले एकिकृत सम्पति कर लागु गरेको भए पनि यो आर्थिक बर्षमा कुनै पनि कर बृद्धि नगरेको बताउनु भयो ।
कर बृद्धि भयो भन्दै सामाजिक संजालमा गरिएको असन्तुष्टी वास्तवमा एकिकृत कर नवुझेका कारण भएको उहाँले बताउनु भयो । नगरबासीले स्वछेच्छाले आफ्नो घरको मुल्याङकन गरी नगरमा कर तिर्ने ऐन समेत नगरसभाले पारित गरिएको उहाँले बताउनु भयो ।
यस्तै गौरादहमा यस अघि थालिएका धेरै कामले पूर्णता पाए पनि केही महत्वपूर्ण योजनाहरु प्रदेश र संघमा सरकार परिवर्तन पछि बजेट तथा योजना कटौति हुँदा पूर्णता पाउन समस्या समेत भएको उहाँले बताउनु भयो । नगरपालिकाले यो बर्ष स्वघोषणा गरेर आफ्नो घरको कर तिर्न नगरबासीलाई आग्रह समेत गरेको छ । अघिल्लो आर्थिक बर्षको फाल्गुन महिनामा गरिएको कर समानिकरणकै आधारमा कर लागु गरिएको छ । कसैले आफ्नो जग्गाको मुल्याङकन घटाएर कर तिरेको र अहिले नक्शाको आधारमा कर विनियोजन हुँदा धेरै भएको भान भएको उहाँले स्पष्ट पार्नु भयो । यस अघि कर छल्ने नगरबासीलाई समेत यस बर्ष बनेका आर्थिक ऐन २०८०ले सही मुल्याङकन सहितको करको दायरामा ल्याउने व्यवस्था भएको नगरप्रमुख सुवेदीले स्पष्ट पार्नु भयो । उहाँले सामाजिक संजालको माध्यमबाटै सार्वजनिक सूचना वा समाचार बनाउँदा सत्य तथ्यका आधारमा बनाएर विश्वासनीय संचार कार्य गर्न पत्रकारलाई आग्रह समेत गर्नु भयो ।
चालु आर्थिक बर्षका लागि सुसाशन स्थापना गर्न आर्थिक, विनियोजन, शिक्षा, खानेपानी सरसफाई तथा स्वच्छता र विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन विधेयक २०८० गरी ५ वटा विधेयक समेत पारित जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काम नगरेर चर्चा कमाएकाे पप्पु सहित २४ निर्माण कम्पनि कालाे सूचीमा परे
Next post २९ औं विश्व आदिवासी दिवशः आफ्नो अधिकारका लागि सवै आदिवासी एक हुन आग्रह (फाेटाे फिचर)