२९ औं विश्व आदिवासी दिवशः आफ्नो अधिकारका लागि सवै आदिवासी एक हुन आग्रह (फाेटाे फिचर)

माओवादीको दोस्रो युद्ध भ्रष्टाचार अन्त्य गर्ने भएको दावी

२४ साउन २०८०/झापा
माओवादीले थालेको भ्रष्टचार विरुद्ध अभियानबाट अव कुनै पनि हालतमा पछि नहट्ने मन्त्री सुदन किराँतीले बताउनु भएको छ । २९ औं विश्व आदिवासी दिवशको अवसरमा झापा जिल्ला व्यापी कार्यक्रमलाई सम्बोधन गर्दै सँस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री राईले राजा फाल्न १० बर्षे जन युद्ध गरेको र अव भ्रष्टचार फाल्न आपूmहरु दोस्रो युद्धमा होमिएको दावी गर्नु भएको छ ।
उहाँले भ्रष्टचारमा माओवादी पार्टीका कार्याकर्ताहरु नै मुछिएको भए पनि कार्वाही गरेर अघि बढिने बताउनु भयो ।


यस्तै दिवशको प्रसंगमा उहाँले आदिवासीको अधिकार सुनिश्चित गर्न अव लोपोन्मुख जातजातिका रैथाने सँस्कृतिलाई पयर्टनसँग जोड्नु पर्ने बताउनु भयो । त्यसका लागि आवश्यक बजेटको समेत व्यवस्था गरेको मन्त्री राईले बताउनु भयो । यस्तै आदिबासी रंगशालाको पहिचान कसैले पनि मेटाउन नहुने उहाँले बताउनु भयो ।
झापाको कमल गाउँपालिका वडा नं. ५ को आदिवासी रंगशालामा भएको विश्व आदिवासी दिवशको कार्याक्रमका बक्ताहरुले पूर्व प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नाम मेट्न आदिवासी रंगशालालाई मदन भण्डारी नामकरण गर्न खोजिएको प्रति घोर भत्र्सना गरेका छन् ।


नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद झापाका अध्यक्ष पाण्डवलाल चौधरीको अध्यक्षतामा भएको कार्याक्रममा आदिवासीको हितमा कार्य गर्दै आउनु भएका नेफिनका पूर्व जिल्ला अध्यक्ष यूवा नेतृत्व पारसमणी राई र पूर्व अध्यक्ष भरतकुमार श्रेष्ठलाई कार्याक्रमका प्रमुख अतिथि मन्त्री किराँतीको हातबाट सम्मान समेत गरिएको छ ।


नेफिन झापाको आयोजना र विभिन्न जातीय संघसंस्थाको सहकार्यमा भएको कार्याक्रममा सामाजिक क्षेत्र अध्येताहरुले आदिवासीको अधिकार, सँस्कृति र भाषाको विकासमा लाग्न सवै एकताको सुत्रमा बाँधिनु पर्ने बताएका छन् । कार्याक्रममा समाजशास्त्री डा. कृष्ण भट्टचन, लाहुर्निप नेपालका उपाध्यक्ष अधिबक्ता शंकर लिम्बु, सामाजिक अभियन्ता डकेन्द्रसिंह थेगिम लगायतले आदिवासी जनजातिको विकासमा राज्य कम्जोर भएकाले सवै शसक्त भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । जिल्ला १५ वटै पालिकाबाट सहभागी जातीय संघसंस्थाले विभिन्न जातजातिका साँस्कृतिक झाँकी र कला समेत प्रर्दशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दिगाे विकासमा जाेडःसुसाशन स्थापना गर्न गौरादहमा १९ क्षेत्र निर्धारण
Next post ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप सात दिन हिरासतमा राखेर अध्ययन गर्न अनुमति