नियम संगत नचल्दा वितीय संस्थामा संकटः मेचीले कमायो एक बर्षमा १० करोड नाफा

२८ साउन २०८०/झापा
नियमबद्ध ढंगले संचालन नगर्दा वितीय संस्थाहरु संकटमा परेको बताइएको छ । झापाको दमकमा मेची सहकारी संस्थाले गरेको वितीय गतिविधिसम्बन्धीको पत्रकार सम्मेलनका बक्ताहरुले सो कुरा जानकारी दिएका छन् । पछिल्लो समय देशमा संचालित ५ प्रतिशत वितिय संस्थाहरु जोखिममा परेका छन् । जुन नियम भन्दा बाहिर गएर काम गर्नेहरुमा परेको सहरकारी अभियन्ता नारायण भट्टराईले बताउनु भयो । उहाँले संस्थालाई भार हुने अवस्था सृजना हुने बाह्य ऋण समेत नलिने योजना बनाएको बताउनु भयो ।


नियम संगत संचालन भएका सहकारी संस्थाहरुले अहिले पनि राम्रो नाफा कमाएको मेची सहकारी संस्थाका मुख्य कार्यकारी अधिकृत खोमप्रसाद बगालेले बताउनु भयो । बगालेका अनुसार यो बर्ष मात्रै मेची सहकारीले १० करोड रुपयाँ मुनाफा आर्जन गरेको बताउनु भयो । २०५४ सालमा २९ जना सदस्यबाट संचालनमा ल्याइएको सहकारी संस्थामा हालसम्म १ हजार ५ सय २ सय २८ जना सदस्य रहेका छन् । संस्थाले शेयर सदस्यका लागि नमूना बस्ती निर्माण देखि वातावरण संरक्षणका लागि बन जंगल संरक्षणका लागि रबर खेती समेत गर्दै आएको छ ।

संस्थाले हालसम्म झापा, मोरङ्ग र इलाम गरी १३ स्थानमा शाखा कार्यालय समेत संचालनमा ल्याएको छ । यस्तै संस्थाको २७ औं बार्षिकोत्सव तथा २९औं साधारणसभा शुरु गर्दै संस्थाका अध्यक्ष भट्टराईले कार्याक्रममा आमागी दिनमा संस्थालाई थप गति दिने योजनाका कार्याक्रम संचालन गरिने बताउनु भयो । संस्थाकाे हालसम्म साढे २ अर्व बचत र ३ अर्व बढी कर्जा रकम पुगेकाे छ । झापामा संचालित झण्डै १ हजार सहकारी संस्था संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post तीन दिनसम्म देशका धेरै स्थानहरूमा लगातार वर्षा हुने पूर्वानुमानः जाेखिम क्षेत्रमा सचेत रहन आग्रह
Next post पर्यटनसँग ग्रामिण पत्रकारितामा जोडः सतासी साप्ताहिकको १३ औं बार्षिकोत्सव सम्पन्न (फाेटाे फिचर)