पर्यटनसँग ग्रामिण पत्रकारितामा जोडः सतासी साप्ताहिकको १३ औं बार्षिकोत्सव सम्पन्न (फाेटाे फिचर)

२८ साउन २०८०/झापा
झापाका ग्रामिण क्षेत्रमा संचालित पत्रिकाले अव स्थानीय क्षेत्रको पर्यटन विकासमा जोड दिनु पर्ने बताइएको छ । सतासी साप्ताहिकको १३ औं बार्षिक उत्सव तथा पत्रकार सम्मान कार्याक्रमका बक्ताहरुले अव ग्रामिण क्षेत्रमा संचालित पत्रपत्रिकाले स्थानीय क्षेत्रको विकास गर्न पर्यटनको विषयमा जोड दिनु पर्ने बताएका छन् । शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ्ग थोप्रा रोशनले अवको पत्रकारिताले विकृति विसंगीसँगै विकासमा टेवा पुर्याउन स्थानीय क्षेत्रका संभावित विषयलाई समेत समेट्नु पर्ने बताउनु भयो ।


यस्तै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्थानीय सरकारले संचार ऐन नवनाएकाले पत्रकार र पत्रकारिता जोखिममा पर्दै गएकाले तत्काल स्थानीय संचार ऐन बनाउन बनाउनु पर्ने बताउनु भयो ।
जिल्लाका पत्रकार संघसंस्था तथा साहित्यकर्मीहरुको उपस्थितिमा भएको कार्याक्रममा १ दशक देखि ग्रामिण क्षेत्रमा बसेर पत्रकारिता गर्दैै आउनु भएका गोविन्द ल्वागुनलाई नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ । सम्मानित पत्रकार ल्वागुनले आफूलाई यो सम्मान दिलाउन छनौट गर्ने अग्रज पत्रकार र सतासीलाई धन्यवाद प्रकट गर्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य सुरेन्द्र भण्डारी, जिल्ला उपाध्यक्ष केशव भट्राई, साहित्यकार ज्योति भट्टराई, जितेन पन्दाक, कृष्ण बराल लगायतले मन्तव्य र कविता प्रस्तुत गर्नु भएको छ ।


सतासी साप्ताहिक संचालन समितिका अध्यक्ष योगेन लावातीको अध्यक्षतामा भएको कार्याक्रममा हिन्द क्षेत्रमा रहेको एकमात्र सताक्षी देवीको बसोवास रहेको सतासीधामको धार्मिक पर्यटकीय विकासमा टेवा दिन साहित्यकार सहितको पत्रकारहरुको भेला कार्याक्रम गरिएको सतासी साप्ताहिकका सम्पादक सेलिङ केसीले बताउनु भयो । कार्याक्रममा विभिन्न संघ संस्था तथा सामाजिक अगुवाहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नियम संगत नचल्दा वितीय संस्थामा संकटः मेचीले कमायो एक बर्षमा १० करोड नाफा
Next post २ दिन देखि परेकाे अविरल बर्षामा ५ जना वेपताः पहिराेले यातायत देखि हवाइ उडान समेत प्रभावित (फाेटाे फिचर)