एमालेको संसद अवरुद्ध अब हटाइनु पर्छः सह–महामन्त्री डीना
३१ साउन २०८०/सारासन्देश समाचार(माेरङ)
पछिल्लो समय एमाले पार्टीले गरेको संसद अवरुद्ध अव बन्द गरिनु पर्ने नेपाली काँग्रेशकी सहमहामन्त्री महालक्ष्मी उपाध्यय डीनाले बताउनु भएको छ । नेपाली काँग्रेश पार्टीको आन्तरिक अभियान सकेर आज झापा तथा मोरङ्गका पत्रकारसँग गरिएको पत्रकार भेटघाट कार्याक्रममा सहमहामन्त्री डीनाले संसद अवरुद्ध गर्नुको सट्टा संसदबाटै विकल्प खोजिनु पर्ने बताउनु भयो ।
यस्तै उहाँले भ्रष्टचार, सुन काण्ड र नक्कली प्रकरणमा जोडिएका जो कोहीको सत्य तथ्य छानविन गरेर मात्र कार्वाही गरिनु पर्ने बताउनु भयो । उहाँले १२ दिन अघि देखि मोरङ्ग जिल्लाको ६ वटा निर्वाचन क्षेत्रमा थाल्नु भएको पार्टीका कार्यकता तथा भातृ संगठनसँगको भेटघाटमा तल्लो तहबाट आएको सुझाव र जनताको हितमा कसरी काम गर्न सकिन्छ भन्ने कुरा महासमितिको वैठकमा लगेर सुधारका लागि पहल थालिने उहाँले बताउनु भयो । उहाँले तल्लो तहबाट धेरै गुनासा र सुझावहरु आएकाले पार्टीले सवैलाई समेटेर लाने र जनताको साखगरी किसानको समस्या प्रति जोड र ध्यान दिनु पर्ने अवस्था बुझेको बताउनु भयो ।
पत्रकारहरुको सवालको जवाफ दिँदै उहाँले सुन काण्डमा पक्राउ परेकाहरुको छानविनमा सत्यता बाहिर ल्याउन सरकारले लिएको जिम्मेवारीलाई पूर्णता दिनु पर्ने समेत बताउनु भयो । उहाँले भन्नु भयो, ‘यो काण्डमा कुनै पनि निर्दोषले पक्राउ पर्नु हुन्न र दोषी कोही पनि उम्कन नपाउने गरी काम कार्वाही गरिनु पर्छ ।’
नेपाली काँग्रेशले यस अघि साउन २ गते देखि १० गतेसम्म बसेको केन्द्रिय वैठकले ७७ वटै जिल्ला प्रतिनिधि खटाएर पार्टी सुधारसम्बन्धीका कार्याक्रम तय गरेको थियो । उपाध्याय १२ दिने अभियानको आज मधुमल्ला गाउँपालिकाको अन्तिम कार्याक्रम सकेर झापाको भद्रपुरबाट काठमाण्डौं फर्कने प्रदेशसभा सासंद नेपाली काँग्रेशकी महाधिवेश प्रतिनिधि शोभा चेम्जोङ्ग पालुङवाले जानकारी दिनु भयो ।