तेस्राे मुलुक पुगेका भूटानीबाट कराते खेलाडीलाई खेल सामाग्री प्रदान

१ फाल्गुन २०७७

२८ बर्ष देखि प्रवासमा संचालित भूटान सितोरियो कराते एशोसिएशनलाई अमेरिका पुगेका अगुवा भूटानी खेलाडी तथा प्रशिक्षकले सहयोग गरेका छन् । तेस्रो मुलुक पूनर्वास भएका अगुवा खेलाडी तथा प्रशिक्षक सहयोगीलाई एक कार्याक्रमबीच धन्यवाद दिँदै ५ लाख मुल्य बराबरको खेल सामाग्री शनिबार हस्तान्तरण गरिएको छ ।

शरणार्थी जिवन गुजारा गर्दै गर्दा समेत कराते खेलबाट धेरैवटा अन्तराष्ट्रिय स्तरका मेडलहरु जित्न सफल बनेका करातेका प्रशिक्षक टीआर राईको संयोजनमा खेलाडीलाई आवश्यक सामान पठाइएको हो । पठाइएको सामान नेपाल कराते संघका पूर्व मुख्य प्रशिक्षक मदन उप्रेतीले भूटान कराते संघका अध्यक्ष नरबहादुर गुरुङ्गलाई हस्तान्तरण गर्नु भएको छ । कार्याक्रमका प्रमुख अतिथि रहनु भएका उप्रेतीले कराते खेल विकासमा भूटान करातेले पूर्वी नेपालमा राम्राे स्थान बनाउन सफल भएकाे बताउनु भयाे ।

सहयाेगीहरूकाे नाम ठेगानालाइ कार्याक्रम स्थलमा राखिएकाे तस्वीर

कार्यक्रममा पूर्व सहायक शिविर सचीव तथा बर्तमान खानेपानी वितरण समितिका अध्यक्ष टेकबहादुर राइ, पूर्व शिविर सचीव चिरन्जिवी राइ, नेपाल कराते संघ झापा जिल्ला सहायक प्रशिक्षक मिना पाठकले खेल विकासमा भूटानीहरूले गरेकाे कार्यकाे प्रशंसा गर्नुभएकाे छ ।

शरणार्थी शिविरभित्र मात्र सिमित बनेको भूटान कराते संघ हाल आएर अमेरिकामा समेत स्थापना गरिएकाले खेलको विकासमा थप उचाइ बढेको झापा तथा इलामबाट कार्याक्रममा सहभागी भएका कराते खेलका अगुवा प्रशिक्षकले बताएका छन् । तेस्राे मुलुकमा पुगेर पनि खेल जगतलाइ माया र सहयाेग गर्ने भूटानी इतिहासका अगुवाहरूकाे भूमिका प्रति कार्याक्रमका अध्यक्ष एनबी गुरूङले खुलेर प्रशंसा गर्नु भयाे ।

भूटान कराते संघले हाल आएर शरणार्थी र स्थानीय समूदायका खेलाडीलाई प्रशिक्षण दिँदै आएको प्रशिक्षक डम्बर मुखियाले जानकारी दिनु भयाे । भूटान कराते संघले पछिल्लाे केही बर्ष यता दर्जन बढी अन्तराष्टि्य स्तरका गाेल्ड मेडल प्राप्त गरिसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा १ २७ संक्रमित, १३६ निकाे
Next post नेपाल शनिबार ५७ जना मात्र संक्रमित, १३३ निकाे