हत्या गरिएको अवस्थामा सुरुङ्गामा एक युवाको लाश

आशंकामा ३ जना पक्राउ
२८ असोज २०७७/झापा–झापाको कन्काई नगरपालिका वडा नं. ३ का एक युवाको लाश फेला परेको छ । शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट भएकोले युवाको हत्या गरिएको स्थानीयले आशंका गरेका छन् । स्थानीय एकान्त टोल निवासी २२ बर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको हुन प्रहरीले आशंका गरेका छन् ।
सुरङ्गा खोलाको किनारको बाँसघारीमा अनुहार र टाउकोमा चोट सहितको लाश घाँस काट्नेले देखेर प्रहरीलाई खवर गरिएको स्थानीयले बताएका छन् । लाशको पोष्ट मार्टमका लागि धरान स्थित बीपी मेरोरियल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । हत्याको आशंकामा ३ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मन्त्रिपरिषद् पुनर्गठनः ३ मन्त्री नयाँ नियुक्ती
Next post अव काेराेना परिक्षण छिटाे सस्ताे हुने