मेची भन्सार नाकाबाट नेपाली कृषि बस्तुको निर्यात बढ्दैः झण्डै २२ अर्व मुल्यकाे मुख्य १० कृषि बस्तु निर्यात

११ भदौ २०८०/डिकेश लामा

पशु आहाराको रुपमा प्रयोग हुने दुधबाट बनाइने नेपालको छुर्पी लगायत अन्य कृषि उपार्जनको माग तेस्रो मुलुकमा बढ्न थालेको छ । अघिल्लो आर्थिक बर्षमा ५८ करोडको छुर्पी निर्यात भएकोमा गत बर्ष झण्डै दोब्बर मुल्यको छुर्पी निर्यात भएको छ । अन्य मुलुकबाट पशुआहाराका लागि दाना आयात हुने भए पनि दुधबाट बनाइने छुर्पीको निर्यात भने बढेको छ । आर्थिक बर्ष २०७८/०७९ मा ५८ करोड ७९ लाख २० हजारको छुर्पी निर्यात भएको छ भने गत आर्थिक बर्षमा १ अर्व १० करोड ८१ लाख ११ हजार मुल्यको छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताउनु भयो ।

भूटानी शरणार्थी शिविर वेलडाँगीमा लामाे समय देखि व्यवसाय गर्दै अाउनु भएकी पेमाजिग्पा भोटे

पछिल्लो समय झापामा समेत छुर्पी बनाउन थालिएको छ । दुधको कारोवार र पशुपालन बृद्धि भए पछि दुधबाट ग्रामिण क्षेत्रमा समेत विभिन्न परिकार बनाउन थालिएको छ । भुटानी शरणार्थी शिविर नजिकै वेलडाँगी बजारमा तेस्रो मुलुकमा माग हुने बस्तुहरुको व्यवसाय गरिन्छ । जडिबुटी देखि लिएर छुर्पी समेत यो बर्ष विगत बर्ष भन्दा कारोवार बढेको व्यवसायी पेमाजिग्पा भोटेले बताउनु भयो । भोटेका अनुसार विगत बर्षहरु भन्दा यो बर्ष छुर्पी लगायतका सामाग्री तेस्रो मुलुकमा माग बढेको छ । विदेशमा छुर्पी पशुआहाराको रुपमा लगिन्छ ।


पूर्वी नेपालको मेची भन्सार नाकाबाट गत बर्ष अलैंची, चिया, प्लाइउड, कुचो, पशु आहआरा पिना र छुर्पीको निर्यात बढेको छ । अन्य धेरै बस्तु विदेशबाट आयात भइरहँदा नेपाली उत्पादनको निर्यात बढ्न थाले पछि व्यापार घाटाको अन्तरमा समेत केही कम हुँदै गएको मेची भन्सारका प्रमुख रामप्रसाद रेग्मीले बताउनु भयो । रेग्मीका अनुसार अर्लैची ४२ प्रतिशत बृद्धि भइ ८ अर्व २४ करोड १५ लाख १३ हजार रुपयाँको ९९ लाख ३१ हजार ५ सय ४ केजी निर्यात भएको छ ।

यस्तै चिया १६ प्रतिशतले बृद्धि भएको छ । यो बर्ष चिया १ करोड ६० लाख ७८ हजार ६३ केजी निर्यात भएको छ । जुन ३ अर्व ४२ करोड ६९ लाख ५२ हजार सीआइएफ मुल्य हुन आउँछ । अम्रिसो कुचो २७ प्रतिशत बृद्धि भएको छ । अम्रिसो १ करोड १९ लाख ७३ हजार ९ सय ८० केजी निर्यात भएको छ । यस्तै अदुवा समेत ४७ प्रतिशतले बृद्धि भएको छ । यस बर्ष १ करोड ५५ लाख ४२ हजार केजी निर्यात भएको छ । जसको मुल्य ६३ करोड ३९ लाख हुन आउँछ ।

तर दलहनबाली भने निर्यात घटेको छ । यो बर्ष २४ प्रतिशतले कम भएको मेची भन्सार कार्यालयले जानकारी दिएको छ । दलहन बस्तु यस अघि ३५ लाख केजी निर्यात भएकोमा गत बर्ष २९ लाख केजी मात्र निर्यात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विदेश जाने विधार्थीका लागि दमकमा निशुल्क विषेश परामर्श कक्षा
Next post दमकमा सुजुकीको सो रुम संचालनमा