विदेश जाने विधार्थीका लागि दमकमा निशुल्क विषेश परामर्श कक्षा

१० भदाै २०८०, दमक– उच्च शिक्षा अध्ययनका लागि बिदेश जान चाहने बिद्यार्थीहरुलाई समहुगत रुपमा यस सम्बन्धिका जानकार तथा विज्ञहरुले दमकमा विशेष महत्वको शैक्षिक परामर्श दिने तयारी थालेका छन् ।

२१ बर्षदेखि यो क्षेत्रमा काम गर्दै आएको ओली एण्ड एशोसिएटको दमक स्थित शाखाको आयोजनामा यही भाद्र १३ गते दमकको बेलडाँगी रोेडस्थित दमक महलमा रहेको एशोसिएटको कार्यालयमा ग्लोबल एजुकेशन एक्स्पो सञ्चालन हुने आज आफनै कार्यालयमा पत्रकार सम्मेलन गरी शैक्षिक परामर्श मेलाका विबिध पक्षहरुमा बारेमा जानकारी गराएको हो ।

सो परामर्श कक्षामा सहभागी हुन आउने दमक र आसपास क्षेत्रका एक –एक जना पहिलो बिद्यार्थीलाई स्वागत तथा सम्मानको कार्यक्रम समेत राखिएको छ ।
एशोसिएटका दमक शाखा निर्देशक केदारबाबु पौडेलले शैक्षिक परामर्श शिविरमा विश्वमै उत्कृष्ट ठहरिएका कलेजका प्रतिनिधिहरु, बैकिङ क्षेत्रका प्रतिनिधिहरुले विदेशमा अध्ययनका लागि चाहिने विभिन्न विषयमा जानकारीसहित विद्यार्थी तथा अभिभावकहरुलाई जानकारीमुलक प्रशिक्षण तथा परामर्श सेवा उपलब्ध गराउने जानकारी दिनु भयाे । परामर्श सम्बन्धीको सो कक्षामा सहभागी हुन कुनै पनि किसिमका शुल्क साे कक्षामा यस क्षेत्रका एक सय बढी विद्यार्थीहरुको सहभागिता हुने तयारी भएकाे पाैडेलले जानकारी दिनु भयाे ।

२१ बर्ष अघि स्थापना भएको सो शैक्षिक संस्था देशभरिका मुख्य शहरी क्षेत्रमा सञ्चालित छ । त्यसैअनुसार एशोसियटले काठमाडौ, ललितपुर, पोखरा लगायतका मुख्य शहरमा दश दिन लामो शिविर सञ्चालन गरेको पौडेलले बताउनु भयाे । पौडेलका अनुसार शिविरमा सहभागी हुने विद्यार्थीहरुलाई मनोञ्जनका लागि मुभी टिकट, खाद्य छुट, आइएलटिस लगायतका कक्षा अध्ययनका लागि ५० प्रतिशतसम्मका आकर्षक छुटका अफरहरु ल्याईएको छ ।
ओली एण्ड एशोसियटले अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजिल्याण्ड जस्ता देशका कलजेहरुमा उच्च शिक्षा अध्ययनका लागि उचित परामर्श लगायतका सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापाका यूवाहरूले स्वदेशमै अलैंचीका विभिन्न परिकार उत्पादन गरी बजारिकरण गर्दै (फाेटाे फिचर)
Next post मेची भन्सार नाकाबाट नेपाली कृषि बस्तुको निर्यात बढ्दैः झण्डै २२ अर्व मुल्यकाे मुख्य १० कृषि बस्तु निर्यात