पहिचानकाे मुद्दा ओझेलमा पर्दैनः शनिबार देखि घरघरमा माओबादी जनजागरण अभियान सुरु

१५ भदाै २०८०, झापा– पहिचान र आत्मानिर्णय सहितकाे संघियताकाे मुद्दा नेकपा माओवादी केन्द्रले कहिले पनि नछाड्ने केन्द्रिय नेतृत्वले बताएका छन् । पार्टी एकता र अन्य कारणले माअाेवादीले उठाएकाे याे मुद्दाबाट आफूहरू पछि नहटेकाे केन्द्रिय सदस्य साबित्रीकुमार काफ्ले (समर)ले बताउनु भयाे । केन्द्रिय सकुर्लर अनुसार भाेलि देखि घरघरमा जाने अभियान अन्तर्गत तयारीबारे अाज विर्तामाेड पार्टी कार्यलयमा भएकाे वैठकमा केन्द्रिय नेतृत्वले साे कुरा बताएका हुन् । माअाेवादीले स्थापित गरेका मुख्य एजेण्डा र जन अधिकार स्थापना गर्न गरिने अभियानमा सवै जनतालाइ जानकारी र एकतामा ल्याउन अपील गर्दै पदाधिकारी तथा सदस्यहरु भदौ १६ गते शनिबारदेखि जनताको घरघरमा जाने तयारी गरेका छन् । ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ अन्तर्गत उनीहरु आम नेपालीको समस्या र सुझाव संकलनका लागि घरघरमा जान लागेका हुन् ।

२०६४ मा लोकप्रिय मत पाएपनि पछिल्लो निर्वाचनमा मतपरिणाम खस्कँदै गएपछि नेकपा माओवादी केन्द्र फेरी जनताको घरदैलोमा जान लागेको हो । मुलुक नेकपा माओवादी केन्द्रकै एजेण्डामा अगाडी बढेपनि जनतालाई बुझाउन नसक्दा पछिल्लो मत परिणाम खस्किएको पार्टीले महशुस गरी तीन महिने विशेष रुपान्तरण अभियान अगाडी बढाउन लागेको हो । पार्टी तथा जनवर्गीय संगठनका केन्द्रदेखि गाउँ तहसम्मका नेताहरु यति बेला गाउँ गाउँ पुगेका छन् । भदौ १६ गते अभियान उद्घाटन भएपछि उनीहरु तीन महिना जनताको घर घरमा गएर सुझाव संकलन गर्नुका साथै उनीहरुको कुरा सुन्नेछन् । पार्टी संगठनलाई सुदृढीकरण गर्नुका साथै सदस्य संख्या बढाउने र पुनः माओवादीलाई २०६४ कै तहमा फर्काउन अभियान चलाउन लागिएको नेताहरु बताएका छन् ।

यस्तै बैठकमा केन्द्रीय सदस्य पार्टीका कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका इन्द्र आङ्बो (मौसम)ले यो अभियानले पार्टी सुदृढीकरणसँगै जनतामा एकता ल्याउने बताउनु भयाे । उहाँले जाे जहाँ रहे पनि याे देशकाे परिवर्तनकाे मुख्य संवाहक माअावादी पार्टी हाे भन्ने कुरा जनतालाइ बुझाउन नसक्नुले पार्टीकाे साख कम्जाेर बनेकाले साे कुरा जनतालाइ बुझाउन सवै लागि पर्नु पर्ने उहाँले बताउनु भयाे ।  नेता आङ्बोले अभियानको क्रममा जनताको कुरा सुन्ने र जागरण पैदा गराउने बताउनु भयाे ।

अभियानको झापामा तयारी पूरा झापामा जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । शुक्रबार पार्टीको जिल्ला समन्वय समितिको सभाहलमा झापामा खटिएका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सहइञ्चार्ज, जिल्ला पदाधिकारीहरु र प्रेस सेन्टरका पदाधिकारी तथा सदस्यहरुको अन्तरक्रियामा अभियानको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएकाे छ ।

अभियानका लागि मेचीनगर र बुद्धशान्तिमा कोशी प्रदेश सांसद समेत रहेका पार्टीका केन्द्रीय सदस्य गोम्बु शेर्पा (कर्ज्याङ), अर्जुनधारा र बिर्तामोडमा केन्द्रीय सदस्य शिवकुमार मण्डल, भद्रपुर र कचनकवलमा केन्द्रीय सदस्य साबित्रीकुमार काफ्ले (समर), बाह्रदशीमा प्रदेश कमिटीका सहसचिव रचना राई, हल्दीबारीमा केन्द्रीय सदस्य ममता ताजपुरिया राजवंशी, कनकाई र झापा गाउँपालिकामा केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद राजेन्द्र कुमार कार्की (नबिन), शिवसताक्षी र गौरीगञ्जमा केन्द्रीय सदस्य मोहन खड्का (हिमशिखर), कमल र गौरादहमा पार्टीका प्रदेश सचिव तथा प्रदेश सांसद गणेश उप्रेती (शुसिल) र दमकमा केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेतासमेत रहेका इन्द्र आङ्बो (मौसम) को जिम्मेवारी रहेको जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य (अग्नी)ले जानकारी दिनु भयाे ।

झापाका एक सय एकतीस वटै वडामा भोली (शनिबार) एकैसाथ अभियानको उद्घाटन हुने उहाँले बताउनु भयाे । आचार्यका अनुसार अभियानको क्रममा जनयुद्धको समयमा पार्टीलाई सेल्टर दिने, द्वन्द पिडित, अपाङ्ग, घाइते, शहिद परिवार, बेपत्ता परिवार, जनसेनामा भर्तीहुनेलाई पार्टीको तर्फबाट धन्यवादसहित योगदानका आधारमा कदर पत्र प्रदान गरिनेछ । उदघाटन अभियानकाे शुरूवातीमा सरसफाइ, रक्तदान, वृक्षाराेपण लगायत सामाजिक महत्वका कार्यक्रम समेत गरिने नेतृत्वले जानकारी दिएकाे छ ।

अग्रज पत्रकार राई प्रेस सेन्टरमा प्रवेश

दिपीनले आफु लामो समयदेखि माओवादी र तल्लो वर्गका भुईमान्छेहरुको पक्षमा कलम चलाइरहेको भन्दै आफुलाई समाचार लेखेकै कारण नेपाली सेनाले ब्यारेकमा लगेर बंकरमा पुरेको स्मरण गर्नु भयाे । पत्रकार दिपीनले यसबारेमा बंकर नामक पुस्तक समेत प्रकाशन गर्नु भएकाे छ । तर यस बर्ष सेनाकाे विशेष कार्यक्रममा नै अाफू विभूषणबाट सम्मानित हुँदा त्यसवेला अाफूले चालेकाे कदम सही भएकाे उहाँले बताउनु भयाे ।

राईलाई माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पुर्व प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री अर्थमन्त्री इन्द्र आङ्बो मौसम, पुर्व मन्त्री शिवकुमार मण्डल केवट, पार्टीका केन्द्रीय नेता सावित्रीकुमार काफ्ले समर, पार्टीका केन्द्रीय सदस्य हरि राना, पार्टीका जिल्ला अध्यक्ष राजु आचार्य अग्नि, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापाली, प्रेस सेन्टरका प्रदेश सदस्य डिकेश लामा, जिल्ला अध्यक्ष राजु पाठक लगायातले राईलाई शुक्रबार विशेष कार्यक्रमका बीचमा स्वागत गर्दै बधाइ समेत दिनु भएकाे थियाे ।

राईलाई केन्द्रीय कमिटीमा विशेष जिम्मेबारीमा लैजाने समेत तयारी गरिएको कार्यक्रममा जनाईएको छ । लामो समयदेखि झापाली पत्रकारितामा रहेका राई हाल यलम्बर टाईम्सका सम्पादक/प्रकाशक रहेका छन् भने उनी झापामा तीन दशकदेखि सक्रिय पत्रकारितामा रहँदै अाउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुपारी खेती बढ्दैः याे बर्ष झापामा ५ लाख विरुवा विक्री तर बजारिकरणको समस्या हट्न सकेन (फाेटाे फिचर)
Next post माओवादीको घरघर अभियानः श्रमबाटै सामाजिक कामको थालनी (फाेटाे फिचर)