२५ भदौ २०८०/झापा
पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापाको सुरुङ्गामा भएको सडक दुघर्टनामा स्थानीय प्यारागन एकाडेमीका प्रिन्सिपल देवराज सुवेदीको निधन भएको छ । सोमबार साँझ साढे ७ बजे तिर भएको सवारी दुर्घटनामा परी सुवेदीको निधन भएको हो ।
पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो गाडी र बिपरीत दिशा तर्फ जादै सुवेदी सवार प्र. १–०१–०१३ प १४१७ नम्बरको मोटरसाइकल ठोकिदा दुर्घटना भएको थियो ।
दुघर्टनामा कनकाई नगरपालिका वडा नं. ४ बस्ने वर्ष ५४ को सुबेदी गम्भिर घाईते भई उपचारको लागी विएण्डी अस्पताल लगिए पनि अस्पतालका डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *