मलाई प्रचण्डजीको माया लाग्छः प्रम ओली


अव प्रचण्डलाई वैध हुँदै डाक्टरले बचाउन नकेको झाँक्रीले कसरी बचाउला?


८ फाल्गुन २०७७, विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङ्गको विराटनगरमा आज शनिबार भएको जनसभालाई सम्बोधन गर्दै प्रचण्डलाई माया लागेको बताएका छन् । सभामा ओलीले प्रचण्डले बाटो विराएको र आफूले सही काम गरेको दावी गरेका छन् ।
कार्याक्रममा बोल्दै ओलीले विराटनगरमा विशाल सभा भएको दावी गरेका छन् । ड्रोनले समेत खिच्न नसक्ने चन्द्रमाले मात्र देख्ने सभा भएको दावी गरेका छन् । कार्याक्रममा प्रम ओलीले विकासको पक्षमा आफू उभिएको र आफू विरुद्ध गतिविधि गरेकाले प्रतिनिधिसभा विगठन गरी जनताको ताजा जनादेशमा गएको उहाँले बताउनु भयो । ‘अव कुनै पनि हालतमा चुनाव भएरै छाड्ने छ ।’ ओलीको दावी रहेको छ ।


प्रधानमन्त्रीले प्रचण्डलाई व्यङ्ग गर्दै उहाँले भन्नु भयो , प्रचण्डजीको त मलाई यसो माया लाग्छ, पहिले उहाँसँग बैध हुनु हुन्थ्यो, बैधले उहाँलाई छोड्नु भयो, त्यसपछि उहाँले डाक्टर लिनु भयो, डाक्टरले पनि उहाँलाई छाड्नु भयो । अहिले एउटा झाँक्री लिनु भएको छ । हाँस्दै व्यग्यात्मक शैलीमा वैध, वैध पछि डाक्टर र झाँक्री लिएको भए पनि कसैले पनि प्रचण्डलाई बचाउन नसक्ने उहाँले बताउनु भयो ।
प्रचण्डलाई आफूले सम्मालेर लिएको भए पनि अहिले सिद्धिने बाटोमा लागेको उहाँले बताउनु भयो । उहाँले अझै पनि फर्कन चाहने भए बाटो खुल्ला रहेको भए पनि नफर्कने तर खिइने र सकिने जंगलको बाटोमा प्रचण्ड लागेको प्रम ओलीको दावी रहेको छ ।
धेरै जनसहभागिता देखाउन आफ्नो पकड भएकाहरुलाई हारगुहार गरिएको छ । जसको प्रमाणको रुपमा प्रदेश नम्बर एकबाट गाडी रिर्जभ गरेर विराटनगर पुर्याइएका कार्यकर्तालाई सहज तरिकाबाट घर फर्काउन स्टेजबाटै आव्हान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा काेराेना दर घट्याे
Next post नेपालमा काेराेना दर घट्दाे, क्वारेन्टाइनमा ७१ जना मात्र