नेपालमा काेराेना दर घट्दाे, क्वारेन्टाइनमा ७१ जना मात्र
८ फाल्गुन २०७७, काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ७ सय ५५ रहेको छ । क्वारेन्टाइनमा अब ७१ जना मात्र रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ । नेपालमा १ हजार ५३५ सक्रिय संक्रमित रहेका छन् ।
शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ । अहिलेसम्म देशभर २१ लाख ३६ हजार ३ सय ९ जनाकाे नमुनाको पीसीआर परीक्षण भएको छ ।
More Stories
मावा पुल नजिकै झगडा हुँदा दमकका एक यूवाको हत्या
६ कार्तिक २०८१/झापा झापाको दमकमा मंगलबार एक जना यूवाको हत्या भएको छ । दमक वडा नं. ३ स्थित मोरङ्गको मधुमल्ला...
माल्दिभ्स विरुद्ध नेपालले गोलको वर्षाः ०–११ काे अन्तर
५ कार्तिक २०८१, काठमाडौँ– काठमाण्डौमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले आज माल्दिभ्स विरुद्ध गोलको वर्षा...
झापामा अवैध सामान बरामद संख्या बढ्दै
५ कार्तिक २०८१/झापा भारतीय सिमासँग जोडिएको झापा जिल्लामा अवैधरुपमा सामान ल्याउँदा बरामद गरिने संख्या दैनिक २ भन्दा बढी हुने गरेको...
संचारकला सिक्दै आम्दा अस्पतालका स्वास्थ्यकर्मी (फाेटाे फिचर)
३ कार्तिक २०८१/दमक, झापा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रविधिमैत्री संचारमा सक्षम बन्नु पर्नेमा जोड दिइएको छ । पछिल्लो समय बढ्दै...
रास्वपा सभापति रवि लामिछाने पक्राउ
२ कार्तिक २०८१, काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछाने पक्राउ पर्नु भएको छ । सहकारी...
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई पक्राउ गर्न पुर्जी जारी
१ कार्तिक २०८१, एजेन्सी – बङ्गलादेशको एक अदालतले निर्वासित पूर्व प्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले...