झापामा खान अयाेग्य २४० केजी माछा नष्ट

१ असाेज २०८०, झापा– विना विल ल्याउँदै गरेकाे ७५ हजार मुल्य बराबरकाे माछा अाइतबार प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेकाे छ । झापा मेचिनगर नगरपालिका वडा नं.१३ चारआली स्थित प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली, कोशी प्रदेश मत्छे किसान समुहका बरिष्ठ उपाध्यक्ष मोहन सिवाकोटी र मेची मत्छे किसान समुह झापाका अध्यक्ष लक्ष्मि सिवाकोटी सहितको संयुक्त टोलीले माछा नष्ट गरेकाे हाे ।

पूर्वबाट पश्चिम तर्फ सिटिमा लोड गरी ल्याउदैं गरेको अबस्थामा बिना बिलको मरेको माछा करिव २ सय ४० के.जि. फेला पारी नियन्त्रण लिइएकाे थियाे । नियन्त्रणमा लिएकाे माछा पशु क्वारेन्टाईन कार्यालय काँकरभिट्टा झापा संग समन्वय गरी प्राविधिक टोली बोलाई चेकजाँच गर्दा खानको लागी अयोग्य देखिएकोले उक्त माछाप्रहरी चौकी चारआली झापाको कम्पाउण्डको खाली ठाँउमा खाल्डो बनाई गाडेर नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ब्राजिलमा विमान दुर्घटना हुँदा चौध जनाको मृत्यु
Next post भारतीय सिमावर्ती क्षेत्र गौरीगंजमा स्वास्थ्य सेवा सहज बन्दै (फाेटाे फिचर)