भारतीय सिमावर्ती क्षेत्र गौरीगंजमा स्वास्थ्य सेवा सहज बन्दै (फाेटाे फिचर)

१ असोज २०८०/डिकेश लामा

दक्षिणी सिमावर्ती क्षेत्रका बासिन्दाले अव स्वास्थ्य परिक्षण गर्न स्थानीय क्षेत्रमै सुविधा पाउन थालेका छन् । यस अघि आधारभूत स्वास्थ्य उपचार हुने केन्द्रलाई अस्पतालमा विकास गरेसँगै स्वास्थ्य सम्बन्धी सेवा सहज बन्दै गएको हो । पश्चिम दक्षिण झापामा बासिन्दाले सामान्य परिक्षण गर्नसम्म ३० किलो मिटरको बाटो धाउनु पर्ने समस्या अब भने हटेको छ । संघीयता आएसँगै एक पालिका एक अपस्तालको अवधारणा अनुसार गौरीगंज स्वास्थ्य केन्द्र आधारभुत अपस्तालमा विकास गरे पछि धेरै विरामीलाई सहज भएको छ । गौरीगंज निवासी नाचोदेवी महत्तोका अनुसार अहिले आएर रगत जाँच, एक्से र प्रसुती सेवा समेत स्थानीय अस्पतालमै हुन थाले पछि धेरै खर्च र समय खेर फालेर अस्पताल जानु पर्ने बाध्यता अन्त्य भएको बताउनु भयो ।

७ वटा नदि र खोलाको चपेटामा परेको भारतीय सिमावर्ती क्षेत्र गौरीगंज गाउँपालिकाले अहिले ल्याव, एक्सरे, इसीजी, प्रसुती सेवा समेत संचालन गर्न थालेको छ । स्वास्थ्यलाई जोड दिएर निशुल्क एम्वुलेन्स देखि विमाको कार्याक्रम समेत संचालन गर्न थालेको पालिकाकी अध्यक्ष फुलवती राजवंशीले बताउनु भयो । राजवंशीका लागि सर्प दंश र गर्भवती महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ । यस्तै विमाबाट उपचार समेत गर्न थाले पछि गौरीगंज प्राथमिक अस्पतालमै उपचार गर्नेको संख्या समेत बढेको छ ।

३ बर्ष अघिसम्म सामान्य उपचारमा सिमित स्वास्थ्य केन्द अस्पतालमा विकास भए पछि अहिले एमबीबीएस तथा एमडी डाक्टरले परिक्षण गर्न थालेका छन् । मासिक तालिका राखेर पाठेघरको क्यान्सर परिक्षण देखि महिला रोगसम्बन्धी सेवा उपलव्ध गराए पछि पिछाडिएको क्षेत्रमा धेरै सहज भएको अस्पतालका सूचना अधिकारी अनुप शर्माले बताउनु भयो । शर्माका अनुसार अहिले दैनिक १ देखि ढेड सय जनाले उपचार गर्ने गरेका छन् । अझ भारतीय नाकाबाट यातायत मार्फत आवाज जावातमा कढाइ गरे पछि संख्यामा केही गिरावट आएको बताउनु भयो ।झापा जिल्लामा २ वटा जिल्ला स्तरीय अस्पताल संचालनमा रहेका छन् । यस बाहेक धेरै वटा पालिकाले पालिका स्तरीय अस्पताल समेत संचालन गर्न थाले पछि ग्रामिण क्षेत्रका बासिन्दामा स्वास्थ्य उपचारमा सहज बन्दै गएको सेवाग्राहीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा खान अयाेग्य २४० केजी माछा नष्ट
Next post शिक्षक महासंघ भोलिदेखि आन्दोलन: घोषणा वार्तामा बस्न सरकारको आव्हान