संविधान दिवशमा झापाकाे कमलमा साँस्कृतिक स्तम्भ चिण्डो स्थापना (फोटो फिचर)

३ असोज २०८०/झापा

झापाको कमल गाउँपालिकामा किरात राई समूदायले संविधान दिवशको अवसरमा साँस्कृतिक स्तम्भ वाबुक अर्थात चिण्डो स्थापना गरेका छन् । बुधबार एक औपचारिक कार्याक्रम गर्दै राई समूदायको सँस्कृतिमा प्रयोग हुने चिण्डोको स्तम्भ केर्खा बजारको मध्य भागमा उदघाटन गरिएको छ । किरात राई यायोक्खा केन्द्रिय समितिका अध्यक्ष जिवन हताचो राईले चिण्डोको उद्घाटन गर्दै संविधानमा उल्लेख्य गरेको साँस्कृतिक विविधताको विकास गरे देशको समेत विकास हुने बताउनु भयो ।

राई जातिले पितृको पूजा तथा विवाह लगायतका कार्जेमा अनिवार्य प्रयोग गरिने चिण्डो किरात समूदायमै रकम संकलन गरेर झण्डै ३ लाख खर्चमा स्तम्भ खडा गरिएको निर्माण समितिका अध्यक्ष प्रविन राईले बताउनु भयो । कार्याक्रममा किरात राई यायोक्खा प्रदेश समितिका अध्यक्ष पारास राई, जिल्ला अध्यक्ष गणेश राई, केन्द्रिय सदस्य चन्द्रकला राई, पूर्व अध्यक्ष इन्द्रमान चाम्लिङ्ग, बदि साम्पाङ, प्रेमबहादुर राई लगायत दर्जन बढी आदिवासी जनजाति नेताहरुको उपस्थिति रहेको कार्याक्रम संचालन जितेन राईले जानकारी दिनु भयो ।

आदिवासी जनजातिका नेतृत्वको उपस्थितिमा भएको कार्याक्रममा नेपालको पर्यटन विकासमा सँस्कृतिको महत्वपूर्ण योगदान रहेकाले यसको विकासमा राज्यले समेत चासो दिनु पर्ने कार्याक्रमका बक्ताहरुले बताएका छन् । कार्याक्रममा साँस्कृतिक पूजा आजा तथा नृत्य समेत प्रर्दशन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शिक्षक महासंघ भोलिदेखि आन्दोलन: घोषणा वार्तामा बस्न सरकारको आव्हान
Next post विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरमा शिक्षकहरूकाे प्रदर्शन