विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरमा शिक्षकहरूकाे प्रदर्शन

३ अजाेज २०८०,काठमाडौं– सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँको माइतीघरमा शिक्षकहरूले प्रदर्शन गरेका छन् । देशभरबाट आन्दोलनमा आएका शिक्षकहरू माइतीघरमा भेला भई आन्दोलनमा उत्रिएका हुन् । आन्दोलन नेपाल शिक्षक महासङ्घको अगुवाइमा भएको हो । शिक्षकहरुको आन्दोलनका कारण आज दिनभरजसो काठमाडौँको ट्राफिक अस्तव्यस्त रह्‍यो ।

माइतीघर मण्डलामा भेला हुन विभिन्न ठाउँबाट शिक्षकहरु आउँदा सडकमा ट्राफिक जाम भएको थियो । मण्डला भएर आवतजावत गर्ने सवारी साधनहरुलाई भने फरक रुटबाट संचालन गर्नुपर्ने व्यवस्था मिलाइएको थियो । महासंघले शिक्षा मन्त्रालयसँगको वार्ता अस्वीकार गरेको थियो । हिजो शिक्षा मन्त्रालयमा वार्ताका लागि आव्हान गरेको भएपनि महासंघका प्रतिनिधि सहभागी भएनन । संसदमा रहेको शिक्षा विधेयक संसदीय समितिमार्फत परिमार्जन गर्न सकिने भएकोले संसदीय वार्ता समितिसँग मात्र वार्ता गर्ने महासंघले जनाएको छ । वार्ता नहुन्जेल महासंघले भोलिदेखि देशभरका सबै सार्वजनिक विद्यालय अनिश्चितकालका लागि वन्द गर्ने घोषणा गरेको छ ।

तर यता काठमाडौँ महानगरपालिकाले भने विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post संविधान दिवशमा झापाकाे कमलमा साँस्कृतिक स्तम्भ चिण्डो स्थापना (फोटो फिचर)
Next post इलामकाे सानाे पाथीभरा मन्दिरको ८८ लाख रूपयाँ हिनामिना भएकाे अध्ययन प्रतिवेदन सार्वजनिक (भिडियाे सहित)