मुख्यमन्त्री कार्कीद्वारा ९ सदस्यीय मन्त्रिपरिषद्‍ विस्तार

८ असाेज २०८०, मोरङ– कोशी प्रदेशमा दुई मन्त्री र दुई राज्यमन्त्रीले सपथ लिएका छन् । सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले सोमबार पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे हाे । मोरङका प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री, सुनसरीबाट निर्वाचित प्रदेश सांसद राप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र धनकुटाका निरन राईले आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा पद तथा गोपनीयताको शपथ लिनु भएकाे छ ।

मन्त्रीद्वय अधिकारी र राजभण्डारीलाई प्रदेश प्रमुख पर्शुराम खापुङ्ले र राज्यमन्त्रीद्वय मेहता र राईलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ गराउनु भएकाे छ । उहाँहरूसहित अब प्रदेशमा ९ सदस्यीय मन्त्रिपरिषद् निर्माण भएकाे छ ।

यसअघि भौतिक पूर्वाधार विकासमन्त्रीमा एकराज कार्की, स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो, पर्यटन, वन तथा वातावरणमन्त्री पाँचकर्ण राई र सामाजिक विकास राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गरेका थिए । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास र उद्योग, कृषि तथा सहकारी मन्त्रालय भने आफैंसँग राख्नु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल र चीनबीच विभिन्न १३ विषयमा सम्झौता
Next post बस्ती बसेको ७ दशक पछि कन्काई नगरको वडा नं. १ र २ मा शुद्ध खानेपानी वितरणकाे तयारी