0 0
Read Time:3 Minute, 6 Second

८ अशोज २०८०/डिकेश लामा

बस्ती बसेको ७ दशकसम्म आइरनयुक्त पानी पिउन बाध्य रहेका झापाको कन्काई नगरपालिका वडा नं. १ र २ मा खानेपानी योजना संचालनको तयारीमा पुगेको छ । ट्यूवेलबाट आउने रातो पानी पिउन बाध्य मानिसहरुले निर्माणधीन योजना संचालनको तयारी भएसँगै शुद्ध खानेपानी पाउने भन्दै उत्साहित बनेका छन् । पानीकै काराण स्वास्थ्यमा समस्या भोग्दै आएका कन्काई नगरपालिका वडा नं. १ र २ का बासिन्दाहरुले ७० बर्ष पछि शुद्ध खानेपानी पाउने भएका छन् । प्रदेश सरकारको झण्डै ६ करोड बजेटमा ६ बर्ष अघि देखि निर्माण थालेको खानेपानी संचालन गर्ने गरी अन्तिम चरणको काम भईरहेको जामुनखाडी, प्रजापति कन्काई खानेपानी योजनाको अध्यक्ष ऋषिकेश खतिवडाले बताउनु भयो ।


पूर्व पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको उत्तर पटिको बाक्लो बस्तीमा अझै पनि ट्यूवेलको आइरनयुक्त रातो पानी पिउनु पर्ने बाध्यता छ । तर लामो समय पछि खानेपानीको ट्याङकी निर्माण र पाइप विस्तार भए पछि पानी पाइएलाकी भन्ने आशा पलाएको स्थानीय बासिन्दा नेत्रप्रसाद अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार घरकै छेऊमा खानेपानीको ट्याङकी निर्माण थालेको ५ बर्ष भइसकेको छ । तर बल्ल खानेपानी वितरणको तयारी थालिएको हो । सदस्यता शुल्क भनेर प्रति घर ५ हजार नगद समेत दिइएको छ । अव भने खानेपानी पाइलाकी भन्ने आशा पलाएको उहाँले बताउनु भयो ।


सडक उत्तर चुरे क्षेत्रका कतिपय बस्ती अझै पनि शुद्ध खानेपानीको पहुँच पुग्न सकेको छैन । भनेजस्तो बजेट नै विनियोजन नगरेकाले धेरै योजना अझै पनि अलपत्र हुँदा शुद्ध पानीको अभाव भोग्नु परेको ८८ बर्षीय बृद्धाले बताउनु भयो ।

संघीयता कार्यान्वयनसँगै झापामा १ सय ५७ स्थानमा खानेपानी योजना निर्माणधीन अवस्थामा रहेका छन् । ती योजना संचालनमा ल्याउन १५ अर्व हाराहारी बजेट आवश्यक हुने भए पनि बार्षिक २५ देखि ३० करोड मात्र बजेट विनियोजन हुने भएकाले समयमा योजना संचालन हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन नं. ४ झापाले जानकारी दिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *