झापाका पुराना पुस्तकालय संरक्षणमा चुनौतीःत्रिभूवन र गाैरादह पुस्तकालयकाे इतिहास संकटमा (भिडियाे कथा सहित)

राजनैतिक अगुवामा चेतना नहुँदा समस्या भएकाे शैक्षिक अगुवाकाे भनाइ


९ फाल्गुन २०७७/डिकेश लामा
झापाको पश्चिम दक्षिण क्षेत्रका पुराना पुस्तकालय बन्द हुने अवस्थामा पुगेका छन् । पाठक अभाव र सरकारको उचित सहयोग हुन नसके पछि कुनै बेला समाजको अध्ययन केन्द्रको रुपमा रहेको पुस्तालयको संरक्षण गर्ने चुनौती रहेको स्थानीयले बताएका छन् ।
झापाको गौरीगंजमा रहेको त्रिभूवन आर्दश पुस्तकालय कुनैवेला समाजको चेतनको केन्द्रको रुपमा चिनिन्थ्यो । तर यतिखेर कसरी संरक्षण गर्ने भन्ने चुनौती थपिएको छ । राजा त्रिभूवनको पालामा विक्रम सम्बत २०११ सालमा स्थापना भएको पुस्ताकालय त्यसवेला दक्षिण झापा गौरीगंजको अध्ययन र रेडियो सुन्ने केन्द्रको रुपमा रहेको स्थानपना कालमा काम गर्नु भएका ९० बर्षीय केशरबहादुर श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार २०११ सालमा त्रिभूवन राजाको पाला खोलिएको पुस्ताकालयमा त्यसताका भारतबाट समेत पाठकहरु आउने गर्दथे । तर अहिले पुस्तकालय एउटा सानो घरमा सिमित बनेको छ भने धेरै जसो पुस्तकहरु धमिरा लागेर नष्ट हुँदै गएको छ ।
पुस्तकालयको संरक्षणमा स्थानीय सरकारले समेत चासो लिएको गाऊँपालिकाको अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो । तर अहिलेसम्म देखिने गरी कुनै पनि काम हुन नसकेको स्थानीयले बताएका छन् ।

त्यसताका रेडियाे बजाएर समाचार तथा कार्याक्रम सुनाउने रेडियाेकाे तस्वीर


हाल आएर पुस्तकालयमा पढ्नका लागि मानिसहरु आउनै छाडेका छन् । पुस्तकहरुको अवस्था समेत जिर्ण बनिसकेको पुस्तकालयकी कर्मचारी सरिता घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार कोही कोही वेला झुक्किएर मानिस आए भने मात्रै नत्र पुस्तकालय मात्र रुँगेर बस्नु पर्ने अवस्था आएको उहाँले बताउनु भयो ।
यस्तै गौरादह नगरपालिमा रहेको पुस्तकालय समेतको संरक्षणमा समस्या भएको छ । अढाइ दशक अघि स्थापित सामुदायिक पुस्ताकालय कुनै वेला देशकै उत्कृष्ट पुस्तकालयको रुपमा परिचित थियो । तर अहिले आफ्नो भवन समेत क्याम्पसलाई दिएर अन्त्यै सर्नु पर्ने भएको र अध्ययन गर्ने समेतको संख्या घटेको पुस्ताकालयकी प्रमुख अम्बिका पौडेलले बताउनु भयो ।

त्यसताका पुस्तकालयलाई दिइएको जमिन र भवन समेत अहिले कृषि क्याम्पसलाई दिने स्थानीय राजनैनिक अगुवाहरुले गरेका छन् । पुस्तकालयलाई गौरादह बजारमा निर्माण गरिएको भवनमा सार्ने तयारी थालिएको छ । तर कुनै वेला नेपालकै नमूनाको रुपमा चिनिएको पुस्तकालयको विकास गर्नुको सट्टा राजनैतिक हस्तक्षेप बढेको र राजनैतिक अगुवाको शैक्षिक चेतनाको अभावले पुस्ताकालय संकटमा परेको संस्थापक अध्यक्ष समेत रहनु भएको शैक्षिक अगुवा भोजराज दाहालले बताउनु भयो ।


पछिल्लो समय अनलाइन शिक्षा र मानिसको रुची समेत इन्टरनेटको प्रयोगमा बढ्न थालेको छ । यसले गर्दा पुराना शिक्षाका अध्ययन केन्द्रका रुपमा रहेका सामुदायिक पुस्ताकालयहरु ओझेलमा पर्दै गएका छन् । यस्ता पुराना पुस्तकालयलाई प्रविधिमैत्री र इपुस्तकालयमा परिवर्तन गर्नु पर्ने हुन्छ । तर भउका पुस्तकालयलाई विस्थापित गरिनुले समाजको पुरानो शैक्षिक इतिहास गुम्न सक्ने शैक्षिक अगुवाहरुले बताएका छन् ।

भिडियाे कथा हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post फेरि ल्याइयाे १० लाख डाेज खाेप
Next post नेपालमा आज ९० जना निकाे, १२५ संक्रमित