पत्रकारलाई धम्की दिने लिङ्देनले सार्वजनिकरूपमा मागे माफी

२० असाेज २०८०/ झापा– झापाका पत्रकार माथि गरिएकाे अभद्र व्यवहार आफ्नो गल्ति भएको भन्दै सहकारीकर्मी पदम लिङ्देन संकल्पले सार्वजनिकरूपमा माफी मागेका छन् ।  दमकमा रहेको फाल्गुनन्द सहकारी संस्थाका अध्यक्ष संकल्प लिङ्देनले अग्रज पत्रकार  पूर्व सन्देश दैनिकका प्रधान सम्पादक तथा प्रकाशक दाहाल र मोरङका पत्रकार घनश्याम भण्डारी माथि  समाचारको विषयमा आफूले गरेकाे व्यवहारले पर्न गएकाे असर प्रति क्षमा याचना गरेका हुन् । लिङ्देनले एक प्रेस बकतव्य प्रकाशित गर्दै स्वतन्त्र पत्रकारिताकाे उच्च सम्मान गर्ने समेत उल्लेख्य गर्नु भएकाे छ ।

इलाका प्रहरी कार्यालय दमकमा नेपाल पत्रकार महासंघ प्रदेश समिति काेषाध्यक्ष विमल लामिछाने, सदस्य विष्णु सुब्बा, झापाका सचिव डिकेश लामा, सदस्य चिरञ्जीवि घिमिरे, प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराई, प्रेस चाैतारी झापाका अध्यक्ष मनकुमार गदाल,  दमक पत्रकार मञ्चका अध्यक्ष कमन देवान, पत्रकार विष्णु पाैडेलकाे उपस्थितिमा पूर्व सांसद विश्वदीप लिङ्देनकाे सहजीकरणमा सहकारीका अध्यक्षले आफूले पत्रकारिता क्षेत्रकाे गरिमा बुझ्न नसकी आवेगमा आएर गरेकाे व्यवहारले पुर्याएकाे आघात प्रति क्षमा याचना गर्नु भएकाे छ ।

दाहालले हिजाे आफुलाई समाचार लेखेको भरमा धाँक धम्की दिएकाे भन्दै इलाका प्रहरी कार्यालय दमकमा उजुरी गर्नु भएकाे थियाे । यस्तै पत्रकार दाहाल माथि भएकाे गतिविधिबारे पत्रकारहरूकाे छाता संगठन पत्रकार महासंघ र अन्य संघसंस्थाले दाेषी उपर कार्वाहीकाे माग गर्दै विज्ञप्ती जारी गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अग्रज पत्रकार दाहाललाई दिएकाे धम्की प्रति खेद प्रकट गर्दै दाेषी उपर कानुनी कार्वाहीकाे माग
Next post काेशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा