काेशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा

२० असाेज २०८०,मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । कोशी प्रदेशसभाको आज भएको बैठकमा उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री कार्कीले यही असोज १७ गते विश्वासको मतका लागि कोशी प्रदेशसभाको सचिवालयमा प्रस्ताव दर्ता गराउनु भएको थियो । कोशी प्रदेशसभाको बैठकमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि मुख्यमन्त्री कार्कीले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले नेकपा (एमाले) संविधानको सर्वोच्चताको पक्षमा जहिले पनि उभिने प्रतिवद्धता व्यक्त गर्दै कोशी प्रदेशका जनताले निर्वाचन नचाहेकाले राजीनामा दिएको उल्लेख गर्नुभयो । उहाँले अहिलेको नजिर र जटिलताको नजरअन्दाज भएमा मध्यावधीमा जाने निश्चित रहेको उल्लेख गर्दै निर्वाचनलाई रोक्न तथा स्थिर सरकार बनाउन राजनीतिक दलहरुबिच सहमति सहकार्य र एकता हुनु आवश्यक रहेकाे बताउनु भएकाे छ ।

कोशी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले सहमति र सहकार्य गरेर नै सरकार बनाउनु उत्तम विकल्प भएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । मुख्यमन्त्री कार्कीले गत भदौ २२ गते पद तथा गोयनीयताको शपथ लिनुभएको थियो । कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा (एमाले) का उपसभामुखसहित ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार, जसपा एक र राप्रपाका ६ प्रदेशसभा सदस्य छन् । अव बन्ने सरकारमा सत्ता गठबन्धन मिलेर जाने सांसदहरूले बताउँदै अाएका छन् । तर गठबन्धनबाट सरकार बन्ने कुरामा अझै बहुमत हुने कुरामा भने स्पष्ट भइसकेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पत्रकारलाई धम्की दिने लिङ्देनले सार्वजनिकरूपमा मागे माफी
Next post इजरायलमा हमासको आक्रमणमा परी ९ जना नेपाली विधार्थी घाइतेः १२ जना सम्पर्कविहीन