दमकमा बनेको नेपालकै पहिलो नमूना मेची सहकारी आवासले सवैमा समानताको आभाष (फोटो फिचर)

२५ असोज २०८०/डिकेश लामा

कतिपय सहकारी संस्था बन्द हुन थालेको अवस्थामा झापाको दमकमा भने नेपालकै पहिलो सहकारी आवास संचालनमा आएको छ । मेची सहकारी संस्थाले झण्डै २५ करोड लगानीमा तयार गरेको ५७ वटा आवासले एकै पटक घर निर्माण गरेर बस्न नसक्नेहरुका लागि सजिलो तरिकाले पक्की घर दिलाएको छ ।

निजी तथा सरकारी तवरबाट सामुहिक आवासहरु त निर्माण हुँदै आएका छन् । तर एकै पटक घर जग्गा जोड्न नसक्नेहरुका लागि मेची सहकारी संस्थाले भने ५७ जना शेयर सदस्यलाई नमूना बस्ती निर्माण गरेर सहकारी बस्ती हस्तान्तरण गरेको मेची आवास टोलका अध्यक्ष शुकदेव लुईटेलले बताउनु भयो । लुईटेलका अनुसार एकै पटक घरजग्गा जोड्न नसक्ने सदस्यहरुलाई सहकारी आवासले धेरै सहज भएको छ । सहकारी बस्तीमा अहिले ३२ घर परिवारले किस्ता बुझाउँदै आएका छन् भने बाँकीले चुक्ता गरिसकेको संस्थाका मुख्य कार्यकारी अधिकृत खोमप्रसाद बगालेले जानकारी दिनु भयो । बगालेका अनुसार निजी क्षेत्रबाट अर्पाटमेन्ट वा कोलोनी निर्माण गरेर विक्री गर्ने गरिएको भए पनि सहकारीले संचालन गरेको सामुहिक आवास भने नेपालमै यो पहिलो हो ।

साढे ८ धुर देखि १३ धुरसम्मको जग्गामा एकै प्रकारका घरहरु निर्माण भएको छन् । ४२ लाख देखि ५१ लाख मुल्यमा निर्माण गरिएको घर १५ प्रतिशत अग्रिम भुक्तानी गरेर ऋणमा किस्ता बन्दीको रुपमा उपलव्ध गराए पछि धेरैलाई सहज भएको घर लिएर बस्नु हुने अम्बिका दाहालले बताउनु भयो । दाहालका अनुसार आफूले चुक्ता पूँजीबाटै घर खरिद गरेको भए पनि बस्नका लागि सवै एकैखाले र विभिन्न जातिजातिको बसोवास भएकाले बस्न धेरै सहज भएको बताउनु भयो ।

दमक नगरपालिका वडा नं. ४ मा बनेका हेर्दा सवै समान देखिने घरहरु १ विगाह १८ कठ्ठा जमिनमा निर्माण भएका छन् । एकै प्रकृतिको घरमा बस्दा सवै समान र सुरक्षित समेत भएको स्थानीय अगुवा सुजन आचार्यले बताउनु भयो । आचार्यका अनुसार सवै समान घर भएकाले आर्थिकरुपमा पनि एकता र समनता हुने भएकाले बस्तीमा बसोवास गर्ने सवै खुशी भएको उहाँले बताउनु भयो । कोशी प्रदेशको ३ वटा जिल्लामा क्षेत्र विस्तार रहेको मेची सहकारी संस्थामा १५ हजार बढी शेयर सदस्यहरु रहेका छन् । सहकारीले पहिलो पटक बनाएको बस्ती संचालनले एकै पटक घर खरिद गर्न नसक्नेहरुका लागि ठूलो राहत पुगेको सहकारी बस्तीका बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post महारानीझोडाका उत्कृष्ट किसानलाई सम्मानः उत्पादन बस्तुको प्रशोधन र आधुनिक तवरबाट सामुहिक खेतीमा जोड(फाेटाे फिचर)
Next post कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की र आङ्बो दुबैको दाबी पेश