पत्रकारको सुरक्षाका लागि एकताको खाँचोः प्रविधिसँगै पत्रकार अगाडि बढ्नु पर्नेमा जाेड

२८ असोज २०८०, झापा
पछिल्लो समय पत्रकार माथि हुँदै आएको धम्की, डर र त्रास जस्ता अवैधानिक गतिविधि रोक्न पत्रकारहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिइएको छ । झापा जिल्लाका पत्रकारहरुको संघ संगठनबीच शुभकामना आदान प्रदान गर्न आयोजित कार्याक्रममा अवको डिजिटल पत्रकारितामा स्थापित हुन समय अनुसारको प्रविधिलाई सिक्दै र बुझ्दै जानु पर्ने कार्याक्रमका बक्ताहरुले बताएका छन् ।
दमकबाट प्रकाशित पूर्व सन्देश दैनिकको आयोजनामा भएको कार्याक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रदेश सदस्य विष्णु सुब्बा, लिलाराज झापाली, सुरेन्द्र भण्डारी, सचिव डिकेश लामा, साहित्यकार धनञ्जय बाँस्कोटाले पत्रकारले अवको प्रविधि र समाचारीय मुल्य मान्यतालाई पछ्याएर समाचार लेख्नु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराई, प्रेस चौतारी प्रदेशका सह संयाेजक टिकाराम उप्रेती, झापाका अध्यक्ष मनकुमार गदाल, दमक पत्रकार मंचका अध्यक्ष कमन देवान, लगायत दर्जन बढी पत्रकारहरुले चाडबाडलाई कस्तो बनाउने भन्ने विषयमा संचार माध्यमले समेत सकरात्मक भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका छन् । झापाका अग्रज पत्रकार पूर्व सन्देश दैनिकका प्रधान सम्पादक गंजबहादुर दाहालको सभापतित्वमा भएको कार्याक्रमका प्रमुख अतिथि पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले अवको पत्रकारिता मल्टिमिडियाको प्रयोगमा गएकाले सोही अनुसार पत्रकार अपडेट हुनु पर्ने बताउनु भयो । उहाँले पत्रकारको हकहित र क्षमता विकासमा बर्तमान कार्य समितिले उपलव्धी हासिल गर्न सक्ने गरी काम गरिरहेको समेत बताउनु भयो ।
हालै आएर पूर्व सन्देशमा आवद्ध पत्रकार भूपेन्द्र तिम्सिनाले संचालन गरेको कार्याक्रमा पत्रकारहरुले अव एकजुट भएर प्रविधिसँगै अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रात परे पछि हुने हात्ती र मान्छेको रस्साकसी रोकिएनः हात्ती मैत्री बन्न स्थानीय सरकारको चासो (फाेटाे फिचर)
Next post अवैध काठ र ट्याक्ट्रर सहित १ जना पक्राउ