रात परे पछि हुने हात्ती र मान्छेको रस्साकसी रोकिएनः हात्ती मैत्री बन्न स्थानीय सरकारको चासो (फाेटाे फिचर)

२७ असोज २०८०/डिकेश लामा

भारत तर्फबाट हात्ती प्रवेश नरोकिदाँ झापामा दशकौं देखि भएको मानव र हात्तीबीचको द्वन्द्व अन्त्य हुन सकेको छैन । हात्ती छेक्ने फेन्सिङ तारले केही राहत दिए पनि पछिल्लो समय बार समेत तोडेर हात्ती पस्न थाले पछि रातभर मान्छे र हात्तीबीच हुने द्वन्द्वको विकल्प खोज्न स्थानीय सरकारले चासो दिएका छन् । बस्ती बसेको दशकौं वितिसक्दा समेत हात्ती आउने क्रम नरोकिए पछि अव हात्ती र मान्छे दुवै अस्तित्व कसरी रहन सक्छ भन्ने तर्पm चासो दिन थालिएको हो ।

अहिले पनि जव साँझ पर्छ अनि गाउँघरका लाठेहरु हातमा ठूलो क्षमताको टर्च बोकेर मेचि बगर तिर लाग्नु पर्ने बाध्यता छ । हात्ती धपाउन निस्किएका यूवाहरुले यतिखेर पाक्न लागेको धानबाली जोगाउँन रातभर खट्ने गरेको हात्ती व्यवस्थापन सम्बन्धी तालिम लिएका दु्रत उद्धार दस्ताका संयोजक न्यूटन कार्कीले बताउनु भयो । कार्कीका अनुसार हात्तीलाई पुरै रोक्न नसके पनि आधा रातसम्म रोक्न सके अन्नबाली क्षति हुने समय पनि आधा घट्ने छ । अन्नबालीको क्षति कसरी कम गर्न सकिन्छ भन्ने ध्येयले सकेसम्म भारत तर्फबाट आउने हात्ती रोक्ने प्रयासमा जुटेको दस्ताका अन्य सदस्यले बताएका छन् ।

त्यसो त रातको समयमा हात्ती खेदाउने र हात्तीले मान्छे खेदाउने कार्य आजमात्र हौइन । झापा जिल्लामा मानव र हात्तीबीचको द्वन्द्वले १ दशक यता मात्र ५५ मानिस र १७ वटाको मृत्यु भइसेको छ । बाहुनडाँगी क्षेत्रमा बस्ती बसोवास गरेको झण्डै ७ दशक अघि समय देखि नै हात्ती र मानवबीचको द्वन्द्व भइरहेको छ । तर अव विभिन्न प्रविधिको विकास भइसकेको अवस्थामा सँगै मान्छे र हात्ती कसरी बाँच्ने भन्ने कुरामा ध्यान दिनु पर्ने हात्ती प्रभावित क्षेत्र मेचिनगर नगरपालिका वडा नं. ४ का अध्यक्ष अर्जुन कार्कीले बताउनु भयो । अध्यक्ष कार्कीका अनुसार यतिका बर्षसम्म धेरै मान्छे र हात्तीले ज्यान गुमाईसकेका छन् । तर अहिलेसम्म यत्रो बार लगाउँदा समेत हात्ती प्रवेश रोकिन नसेकाले अव हात्ती र मानिस दुवैको अस्तित्व बचाउने तर्फ सवै लाग्नु पर्ने उहाँले बताउनु भयो ।

याे समाचार संकलनमा जाँदा गएकाे असाेज १८ गते झापा जिल्लाका २ दर्जन हाराहारीका पत्रकार समेतकाे उपस्थिति रहेकाे थियाे । रातको झण्डै १० बज्न लागेको यो समयसम्म मेची बगरमा बस्दा देखिएका र केही दिन अघि अाएका हात्तीकाे बथान दस्ता टाेली र पत्रकारले कैद गरिएकाे हाे । बाहुनडाँगी क्षेत्रमा हात्ती रुङन बस्ने युवाहरुको जानकारी अनुसार कुनै कुनै समय एक सय भन्दा धेरै हन्जामा हात्ती नेपाल तर्फ प्रवेश गरेको छ । अव हात्ती र मान्छेकाे अस्तित्व बचाउन सरकारले समेत विशेष कार्यक्रम ल्याउनु पर्ने स्थानीय बासिन्दाकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त
Next post पत्रकारको सुरक्षाका लागि एकताको खाँचोः प्रविधिसँगै पत्रकार अगाडि बढ्नु पर्नेमा जाेड