यस बर्ष वेलै देखि धमाधम बाँध निर्माणले जोखिमका बस्तीहरु सुरक्षित बन्दै (फाेटाे फिचर)

३० असोज २०८०/डिकेश लामा

बर्षौं देखि लगातार बाढीले दुःख दिँदै आएको क्षेत्रमा यस बर्ष वेलै देखि धमाधम बाँध निर्माणको काम हुन थालेको छ । संघीय सरकारले ७० करोड बजेटमा लगाएको ठेक्का अन्तर्गत १९ स्थानमा लगाइने बाँध निर्माणले तिव्रता पाएसँगै खोला तटीय क्षेत्र केही सुरक्षित बन्न थालेका छन् ।उचित बाँध नभएकै काराण अझै पनि झापामा ४ हजार हेक्टर भन्दा धेरै धनीपूर्जा भएको जग्गा प्रयोग विहीन बनेको छ । तर विगत २ बर्ष अघि लागेको ठेक्काको काम हालै आएर धमाधम काम हुन थाले पछि खोला तटीय क्षेत्रका जग्गाहरु सुरक्षित हुन थालेको बर्षौं देखि जोखिममा रहेको दमक वडा नं. ३ दुधे क्षेत्रका अगुवा सुगम लामाले बताउनु भयो । लामाका अनुसार यो बर्ष वेलैमा बाँध निर्माण भएकोले आगामी बर्षातमा आउने बाढीबाट बस्ती बच्न सक्ने उहाँले बताउनु भयो ।

एशियाली विकास वैंकको ऋण सहयोगमा २ बर्ष अघि ७० करोडमा ठेक्का लागेको बृहत योजना अबको ८ महिनामा सक्नु पर्ने सम्झौता छ । झण्डै १२ किलो मिटर लम्बाई क्षेत्रमा १९ स्थानमा बाँध निर्माण गर्ने काम भइरहेको बाँध निर्माण गर्दै आएको कम्पनि मैनाचुली एचजेट एमसी मैनाचुली रोसन जेभीका इन्जिनियर महेन्द्र देवले बताउनु भयो । देवका अनुसार अव तोकिएको अवधी ८ महिनासम्म ठेक्का लागेको क्षेत्रमा बाँध निर्माण गरिसकिने बताउनु भयो । तर बाँध निर्माणका लागि आवश्यक ढुङाको अभावले केही समस्या भएको उहाँले बताउनु भयो ।

रतुवा र मावा खोलामा १९ स्थानमा बाँधिने बाँध मध्ये हालसम्म १३ स्थानको बाँध निर्माण भईसकेको छ । बाँध निर्माण भएको क्षेत्रमा ठूलो राहतको काम भएको दमक वडा नं. ३ का अगुवा सुकदेव लुइटेलले बताउनु भयो । पूर्व वडा सदस्य समेत रहनु भएको लुईटेलका अनुसार मावा र रतुवा खोलामा धेरै क्षेत्र यस बर्ष देखि सुरक्षित हुने बताउनु भयो ।

नदि तथा खोलामा बाढीको जोखिम नियन्त्रणका लागि झापामा १३ बर्ष अघि स्थानपना भएको जनताको तटबन्ध कार्याक्रमले ३ सय २८ किलो मिटर क्षेत्रमा बाँध निर्माणका लागि २८ अर्व बजेटको डीपीआर तयार गरेको हो । तर बर्षेनी आवश्यक बजेट प्राप्त हुन नसक्दा हालसम्म एक तिहाइ क्षेत्रमा मात्र बाँध निर्माण भएको कार्यालयका प्रमुख यादब बरालले जानकारी दिनु भयाे । बरालका अनुसार यस बर्ष पनि बजेट न्यून भएकाले धेरे वटा जाेखिम क्षेत्रमा काम गर्न समस्या भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विश्वकप छनोट खेलमा लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा
Next post प्रधानमन्त्री दाहाल अहिले साँझ अस्पताल भर्ना