विश्वकप छनोट खेलमा लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

३० असाेज २०८०, सारासन्देश समाचार— नेपालले विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लिगमा मंगलबार लाओसलाई  शून्यकाे विरूद्ध १ गाेलले विजयी बनेकाे छ । काठमाडौंमा भएको पहिलो लेग १–१ को बराबरीमा टुंगेको थियो । लाओस विरूद्घ १ गाेल  गरी  दाेस्राे चरणकाे छनाैट खेलमा प्रवेश गरेकाे छ । खेलकाे ५३ ५३ औं मिनेट मनिष डाँगीले गरेकाे गाेलले नेपाललाई दाेस्राे चरणकाे खेल खेल्ने अवसर जुराएकाे हाे ।

यस्तै लाओस टिमका प्रशिक्षक कनलाया सिसोमभाङले नेपालबाट राम्राे प्रस्तुती भएकाे बताउनु भएकाे छ । लाओसकाे न्यू लाओस नेशनल स्टेडियमा भएकाे खेलमा नेपालले विजय प्राप्त गरेका हुन् ।

यसपल्ट छनोटको प्लेअफ नियमअनुसार अबे–गोलको फाइदा लागू हुने छैन । दुई लेगको निर्धारित समयको खेल बराबरीमा रहे, सुरुमा ३० मिनेटको अतिरिक्त समयको खेल गर्नु पर्ने थियो  । त्यसमा पनि बराबरीको स्थिति रहे, खेल टाइब्रेकरमा जानेछ । त्यसैले पनि दुवै टिम दोस्रो लेगमा आक्रामक मात्र नभएर सम्हालेर खेल्ने प्रयासमा थिए । खेलमा लाओसले राम्राे प्रस्तुती दिए पनि घरेलु मैदानमा नै हार व्यहाेर्नु परेकाे हाे । नेपालले अब दोस्रो चरणमा समूह ‘एच’ मा खेल्नेछ । त्यस समूहमा यूएई, बहराइन र यमन रहेका छन् । अब समूहमा ‘होम एन्ड अवे’ आधारमा खेल हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कुमाल जातिको पुख्र्यौली पेशा लोप हुँदैः प्लाष्टिक र विधुतीय सामानले विस्थापित हुँदै पराम्परागत सामाग्री(फाेटाे फिचर)
Next post यस बर्ष वेलै देखि धमाधम बाँध निर्माणले जोखिमका बस्तीहरु सुरक्षित बन्दै (फाेटाे फिचर)