0 0
Read Time:2 Minute, 49 Second

४ कार्तिक २०८०/सारासन्देश समाचार
इलामको चुलाचुलीमा भएको प्रथम देउराली कप २०८० को उपाधी आयोजकले सुरक्षितगरेको छ । चुलाचुली वडा नं. ३ को सुर्योदय आधारभूत विधालयको खेल मैदानमा आज भएको फाइन खेलमा दमकको योङ व्वाइज एफसीलाई शून्यको विरुद्ध ४ गोल गर्दै आयोजकले पहिलो उपाधी सुरक्षित गर्न सफल भएको छ । खेलमा विजेता टीम देउराली एफसीका जर्सी नम्बर १० का खेलाडीले पहिलो गोल गर्नु भएको थियो । त्यस पछि हाफ पछिको खेलमा प्रविन राईले ह्याट्रिक गर्न सफल हुनु भएको छ ।


इलाम, झापा र मोरङ्गका १६ वटा फुटवल टीमबीच भएको खेलमा प्रथम हुनेलाई गाउँपालिका अध्यक्ष तथा खेलकुद समापन कार्याक्रमका प्रमुख अतिथि राजेन्द्र केरुङ्ग नगद ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नु भयो । यस्तै उपविजेता टीम दमकको योङ ब्वाइजले नगद ३० हजार र ट्रफी प्राप्त गरेका छन् । आज भएको खेलको म्यान अफ द म्याच आयोजक टीमका सागर लिम्बु घोषित हुनु भयो ।


देउराली एफसीका अध्यक्ष अर्पण राईको सभापतित्वमा भएको फाइनल खेल समापनमा चण्डी, च्याबु्रङ नाच प्रर्दशन गरिएको छ । यस्तै राष्ट्रिय कलाकार दिपक लिम्बु समेत साँझपख गित गाएर चुलाचुलीबासीलाई नचाउनु भएको छ । दशैंको अवसर पारेर आयोजना गरिएको खेलमा उत्कृष्ट खेलाडी आयोजक टीमका विकास राई, हाइ स्कोरर प्रविन राई, उत्कष्ट गोल किपर अरुण राई, उदयीमान खेलाडी अनमोल राई घोषित भइ पुरस्कार प्रदान गरिएको खेल प्रतियोगिताको मुख्य रेफ्री लिला बाँस्कोटाले जानकारी दिनु भयो ।


विधालयको जग्गामा सम्याएर बनाइएको ९ साइडको खेल मैदानमा बालुवा र धुलो भएको कारण उत्कृष्ट खेल प्रर्दशन गर्न समस्या भएको खेलाडीले बताएका छन् । चुलाचुलीले पालिकामा खेलको दिगो विकासका लागि रंगशालाको व्यवस्थापनमा वेलै देखि चासो दिनु पर्ने खेलमा सहभागी सामाजिक अगुवाहरुले बताएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *