महामारीका काराण पशु विमाको क्षतिपुर्ती बढ्यो

९ कार्तिक २०८०/डिकेश लामा

यस बर्ष देशभर पशुमा आएको लम्फी स्किन रोगका कारण पशु विमा गर्नेको संख्या र क्षतिपुर्ती रकम समेत बृद्धि भएको छ । झापामा साना किसान कृषि सहकारी संस्थाले गरेको पशु विमाको क्षति वापतको रकम अघिल्लो बर्षको तुलनामा झण्डै दोब्बरले बढेको छ । गएको बर्ष आएको महामारीका काराण यस बर्ष विमा गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । साना कृषि सहकारीले गरेको पशु विमाको क्षतिपुर्ती रकम अघिल्लो बर्षको तुलनामा झण्डै दोब्बरले बृद्धि भएको हो । यस अघि आएका महामारीका कारण धेरै पशुचौपायको मृत्यु भए पनि किसानले विमा वापत रकम पाए पछि ठूलो राहत महशुष गरेका छन् ।

यो बर्ष झापाको गौरादह नगरपालिका मात्र पशु विमाको क्षतिपुर्ती वापत २६ जना किसानको १२ लाख २८ हजार रकम पाएका छन् । यस्तै कमल गाउँपालिकामा यो बर्ष ५४० जना किसानले विमा गरेका छन् । गाउँपालिका भित्र ४४ वटा पशु मर्दा १७ लाख रुपयाँ क्षतिपुर्ती दिएको विमा गर्दै आएको कमल साना कृषि सहकारी संस्थाका प्रबन्धक टंकप्रसाद पराजुलीले बताउनु भयो । एकै जना किसानको दुई देखि ३ वटासम्म पशु मरे पछि विमा गर्ने साना किसान कृषि सहकारीलाई पनि चुनौती थपिएको छ । पशुमा रोग बढे पछि यो बर्ष पशु विमा गर्नेहरुको संख्या समेत बढेको र आफूहरुले समेत विमा सहयोग गर्दै आएको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार पालिकाले अनुदान दिएता पनि कतिपय किसान आफैले पनि विमा गर्ने गरेका छन् ।

पशु चौपायमा रोग र प्रकोप बढ्न थाले पछि पछिल्लो समय विमा गर्नेहरुको संख्या बढ्दै गएको छ । विमा रकमको ९० प्रतिशत क्षतिपर्ती सहज तरिकाले पाउन थाले पछि ग्रामिण क्षेत्रका अधिकांश किसानहरु पशु विमा तर्फ आकार्षित हुन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दशैंमा सम्झनामा आउने विगतका दिनले दुखाउँछ भूटानी शरणार्थीलाई (भिडिया कथा)
Next post मुगुमा एकै परिवारका ४ जनाकाे हत्या