रुख नहटाउँदा मदन भण्डारी मार्ग निर्माणमा अवरोधः २४ किलो मिटर क्षेत्रका रुख हटाउँन सरकारबाट ढिलासुस्ती हुँदा समस्या (फाेटाे फिचर)

११ कार्तिक २०८०/डिकेश लामा

नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग निर्माणको काममा बन क्षेत्रको रुखले अवरोध गरेको छ । १ सय २८ किलो मिटर मध्ये २४ किलो मिटर बन क्षेत्रमा पर्ने झण्डै ८ हजार हाराहारीको रुख हटाउने कार्यले पुर्णता नपाउँदा सडक निर्माणमा अवरोध खडा भएको हो । राष्ट्रिय गौरवको योजना मदन भण्डारी मार्गको कोशी प्रदेश क्षेत्रमा सडक निर्माणमा अघिल्लो बर्ष नै रुख हटाउने गरी काम थालिएको थियो ।

तर संशोधित बन निमावली २०७९ ले रुखको परिभाषा परिवर्तन गरे पछि रुख हटाउने कार्यमा समस्या आएको मदन भण्डारी राजमार्ग आयोजनाका इन्जिनियर सूर्यनारायण मण्डलले बतउानु भयो । बन निमावली २०७९ ले रुखको परिभाषा फेरवदल गरेकाले यस अघि लाथ्रोमा बर्गिकरण भएका १८ इन्च मुनिका सवै लाथ्रोहरु रुखमा बर्गिकृत भएकाले पुर्नपरिक्षण पछि मन्त्रालय र सम्बन्धित विभागमा पठाइएको छ । विभागबाट बन क्षेत्रको २४ किलो मिटर सडकमा पर्ने जमिन समेत आयोजनाको नाममा नआएकाले रुख हटाउने कार्य रोकिँदा सडक निर्माणको काममा समस्या भएको छ । हालसम्म सडकको ६३ प्रतिशत काम भइसकेको छ । १२८ किलो मिटरमा पर्ने ३७ वटा पुल मध्ये ६ वटा हालै ठेक्का लागेका छन् भने बाँकी ३१ वटा पुल निर्माण सकिने अवस्थामा पुगेका छन् ।

चुरे क्षेत्र भएर निर्माण हुँदै आएको मार्गमा विभिन्न आधा दर्जन बढी सामुदायिक बनमा झण्डै ८ हजार बढी रुख हटाउने काम बन विभागबाट स्वीकृती नहुँदा रोकिएको छ । रुख नहटाउँदा काममा अबरोध भएको निर्माण कम्पनि मोतिदान कन्ट्रक्सनका इन्जिनियर प्रल्लाद ढुङगानाले बताउनु भयो । ढुङगानाका अनुसार अघिल्लो सालमै रुख हटाएको भए हालसम्म ८० प्रतिशत काम सकिने र यो बर्ष काम सक्ने अवस्था थियो । तर रुख नहटाइएका कारण अव भने काममा अवरोध खडा भएको उहाँले बताउनु भयो ।

सामुदायिक बनका रुख नहटाइएको क्षेत्रमा सडकलाई कालो पत्रे गर्न तयार गरिएको छ । रुख नहटाइएको काराण सडक रोकिएको छ । बर्षौं पछि विकट क्षेत्रमा सडक बन्न थाले पछि स्थानीय भने बासिन्दा खुशी बनेका छन् । कोशी प्रदेशमा अहिलेसम्म ९५ किलो मिटर क्षेत्रमा ४ वटा प्याकेजमा ठेक्का लागेर धमाधम काम भइरहेको छ । १० अर्वको दायित्व रहेको राजमार्गमा हालसम्म झण्डै ६ अर्व रुपयाँ बजेट खर्च भइसकेको छ । तर रुख नहटाइका कारण ६३ प्रतिशत काम सकिएको सडक निर्माणमा अवरोध आएको आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मुगुमा एकै परिवारका ४ जनाकाे हत्या
Next post ९६ बर्षीय दलबहादुर कार्कीकाे अनुभवः नेपालका नेताले नै बेचे भुटानीलाई (भिडियाे कथा)