दमक नगरपालिकाले थाल्याे विना दर्ताका सीटीलाई कार्वाही

२० कार्तिक २०८०/सारासन्देश समाचार
चाडबाडको समय धेरै भीड हुन थाले पछि झापाको दमकमा विना दर्ताका सिटीलाई कडाइका साथ कार्वाही गर्न थालिएको छ । दमक नगरपालिकाले नियमअनुसार दर्ता गर्न ६ महिना देखि सूचना जारी गर्दा समेत अटेर गरी ई रिक्सा चलाउनेलाई आज देखि कार्वाही गर्न थालिएको दमक नगर प्रहरी प्रमुख रुद्रजंग कार्कीले जानकारी दिनु भयो । नगरप्रमुख राम थापा सहित सुरक्षा संयन्त्रको टोलीले आज मात्रै ८२ वटा सिटीलाई २ सय रुपयाँका दरले जरिवाना गरी नगरपालिकाको लोगो टाँस गरिएको छ ।
दमक नगरपालिकामा हालसम्म १ हजार ३ सय सिटी दर्ता भएका छन् । तर नगरपालिका भित्र ३ हजार भन्दा धेरै सिटी संचालनमा आएको भए पनि दर्ता नहुँदा खासगरी दुर्घटना पछि पहिचान र व्यवस्थापन समस्या हुने गरेको दमक नगरपालिका यातायात व्यवस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटाले बताउनु भयो ।
नगरप्रमुख राम थापाका अनुसार आफूहरुले ६ महिना अघि देखि सूचना जारी गरी इरिक्सा व्यवस्थित गर्ने कार्य थालिएको भए पनि व्यवसायीहरुले अटेर गरेपछि अनुगमन र कार्वाहीको चरणमा पुगेको बताउनु भयो ।
दमक नगरपालिकाले संघीय निमावली अनुसार इ रिक्सालाई समेत अनिवार्य लाईलेन्स र नगरपालिकामा दर्ताको व्यवस्था गर्दै आएको छ । नगरले लोगो टाँस गरेको रिक्सा चालकको ३ पुस्ताको विवरण राख्ने गरेको छ । चालकको विवरण राखेपछि दुर्घटना वा अन्य समस्या हुँदा पहिचान र व्यवस्थापन सहज हुने नगरपालिका यातायात व्यवस्थापन समितिले जनाएको छ ।
यसैगरी नगरपालिकाले एक तर्फी आलोपालो पार्किङ गरेको कार्यले पनि व्यस्त सडक व्यवस्थापनमा निक्कै टेवा पुगेको छ । सडकमा लार्पावाही पार्किङलाई १ देखि १५ गतेसम्म एका तर्फ र १६ देखि महिनाको मसान्तसम्म अर्को तर्फ पार्किङ कार्यान्वयनमा पनि चुनौतीका साथ कार्यान्वयनमा ल्याएको समितिका अध्यक्ष सापकोटाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर पुन: ५.८ म्याग्‍निच्युडको पराकम्प जाँदा थप त्रास
Next post फाल्गुनन्द सहकारीले सरसफाइ सहित सामाजिक काममा समेत जाेड दिने