लामो समय देखि दुधको भूक्तानी नपाउँदा पशु पालक किसान कृषि व्यवसाय छाड्दै (फाेटाे फिचर)

१ मंसीर २०८०/बालदिवश तामाङ

लामो समय देखि दुधको भुक्तानी पाउन नसकेका किसानले पशु पालन व्यवसाय छाड्न थालेका छन् । आर्थिक अभाव भए पछि गाइबस्तुलाई दाना खुवाउन नै समस्या हुन थाले पछि गाइबस्तु विक्री गरेर दाना खुवाउनु पर्ने बाध्यता सृजना भएको किसानले गुनासो पोखेका छन् ।

झापाको दमक वडा नं. ३ का चेतन विष्ट विदेशबाट आएर ४ बर्ष देखि गाइ पालन गर्दै आउनु भएको छ । मासिक ३ लाख ५० हजारसम्मको दुध विक्री गर्दै आउनु भएका विष्टले ६ महिना देखि स्थानीय डेरीबाट पैसा पाउनु भएको छैन । आर्थिक अभाव भएपछि दाना खुवाउन नसक्दा उहाँले अहिले गाई नै विक्री गर्न थाल्नु भएको छ । विष्टका अनुसार ४÷५ वटा गाइ विक्री गरिसक्नु भयो । विदेशबाट फर्किएर आएर स्वदेशमै केही गरौं भनेर २० लाख बढी लगानी गरेर व्यवसाय थाल्नु भएका उहाँ अव सवै विक्री गरेर फेरि विदेश नै जानु पर्ने मानसिकतामा हुनुहुन्छ । उहाँ भन्नु हुन्छ, ‘अव देशमै केही गरौं भनेर काम थाले न डेरीले दुध लगेको पैसा दिन्छ न सरकारले कुनै अनुदान । गर्न खोजेकै हो भएन अव विदेश जानु पर्ला ।’ विष्ट जस्तै जिल्लामा ठूला पशुपालन फार्महरु ५ दर्जन बढी छन्। तर विस्तारै बन्द हुनेक्रम पनि बढेको छ ।

स्थानीय क्षेत्रका साना दुग्ध संकलन केन्द्र तथा सहकारीले किसानका दुध संकलन गरी ठूला डेरीलाई विक्री गर्दै आएको छ । तर मुख्य दुध खरिद गर्ने डेरीले भुक्तानी नदिए पछि किसानलाई पैसा दिन समस्या भएको केन्द्रका अध्यक्ष गेहनाथ पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार आफूहरुले दुध विक्री गर्ने डीडीसी लगायत डेरीले नगद नदिएकाले किसानलाई धेरै रकम भूक्तानी गर्न नसकेको बताउनु भयो ।दुधको पैसान नपाउँदा आर्थिक अभाव हुन थाले पछि किसानलाई गाइबस्तु पाल्न समस्या हुन थालेको छ । आर्थिक भुक्तानी रोकिए पछि जिल्लाका साना डेरी र कृषि सहकारीले संकलन गर्ने दुध आधा कटौती गरिएको दैनिक २ हजार ५ सय लिटर दुध संकलन गर्दै आएको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक चिरञ्जीवि भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार अहिले विहान वेलुका लिने दुध एक समयको कटौती गर्न थालिएको छ । पोखराको सुजल डेरीले दुध लाँदै आएकोमा अधिक मात्रामा दुधै लान छाडे पछि समस्या आउन थालेको हो ।

झापा जिल्लामा १ सय हाराहारीका ठूला तथा मझौला पुशपालन कृषि फार्म र साना किसानको गरी दैनिक झण्डै २ लाख लिटर दुध उत्पादन हुने गर्दछ । तर पछिल्लो समय दुध विक्री नहुने समस्याले पशुपालन कृषि फार्म बन्द हुन थालेको पशुपालन तथा दुग्ध उत्पादन संघ झापाका अध्यक्ष लक्ष्मिप्रसाद सिटौलाले बताउनु भयो । उहाँका अनुसार धेरै पशुपालन फार्महरु बन्द भइसकेका छन् । के कति फार्महरु बन्द भए त्यसको अध्ययन चाडबाढ पछि गरेर सरकारलाई दुधको समस्याबारे ध्यानाकर्षण र समाधान हुने गरी कार्याक्रम समेत गर्ने उहाँले बताउनु भयो ।
झापा दुधमा आत्मा निर्भर रहेको छ । तर दुध विक्री नहुँदा बाहिर जाने दुध रोकिदाँ समस्या सृजना भएको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दशैैं तिहार अवधिमा झापामा १४ स्थानमा आगलागीः एक जनाको मृत्यु
Next post नमूना विधालय सिंह देविले स्वर्ण जयन्ती मनाउने