
दशैैं तिहार अवधिमा झापामा १४ स्थानमा आगलागीः एक जनाको मृत्यु
३० कार्तिक २०८०/सारासन्देश समाचार
झापा जिल्लामा दशैं तिहार अवधिभर १४ स्थानमा आगलागीका घटना भएका छन् । आगलागीबाट एक जनाको बृद्धाको ज्यान समेत गएको छ भने केही घाइते भएका छन् । यस्तै आगलागीबाट आधा दर्जन पशु चौपाया जलेर मरेका छन् । अर्जुनधारा नगरपालिका वडा नं. १० की ७५ बर्षी दिलकुमारी राईको जलेर घटना स्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार सवैभन्दा धेरै आगलागी दमक र विर्तामोड नगरपालिका भएका छन् । तिहारमा खासगरी विजुलीको प्रयोग अधिक हुने भएकाले पनि आगलागीका घटना अधिक भएको पाइएको छ । जिल्लामा आगलागीबाट झण्डै एक करोड बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अधिकांश आगलागीका घटना विधुत सर्ट र ग्याँसका कारण भएकाले यस तर्फ सचेत हुन प्रहरी कार्यालयले सूचना समेत जारी गरेको छ ।
More Stories
बाढीको जोखिम छेक्न धमाधम बाँध निर्माण गरिँदैः बस्ती जाेगिने स्थानीयमा आशा (फाेटाे फिचर)
१० वैशाख २०८२/बालदिवश तामाङ बर्षौं देखि लगातार बाढीले दुःख दिँदै आएको क्षेत्रमा यस पछिल्लो समय धमाधम बाँध निर्माणको काम हुन...
नेपालमा पहिलो पटक झापाकाे गाैरादहमा पोषिलो पराल प्याकिङ गरिँदै (भिडियाे सहित)
दुधकाे लागत घटाएर मनग्य नाफा लिन सकिन्छ यस्ताे आहराबाट ९ वैशाख २०८१/ डिकेश लामा नेपालमा पहिलो पटक परालबाट पशु चौपायाका...
सुस्तायाे घर जग्गाकाे कारोबारः मुल्याङकन बढे पनि राजश्व भने बढेन
८ वैशाख २०८२/बालदिवश तामाङ कोरोना कहर पछि घटेको घरजग्गा कारोवार अझै उठ्न सकेको छैन । आर्थिक तरलताका कारण वैंक तथा...
सुपारी आयात खुलाउँदा स्वदेशी सुपारीकाे बजार सुस्तायाेः सरकारले वुझेन किसानकाे समस्या(फाेटाे फिचर)
७ वैशाख २०८२/डिकेश लामा झण्डै एक दशक देखि निर्यात बन्द हुँदा नेपालको सुपारी किसान देखि व्यवसायीलाई समेत मार पर्दै आएको...
मरिच प्रशोधनमा नयाँ तरिका खोज्दै किसानः मेशिन नुहँदा समस्या
५ वैशाख २०८२/बालदिवश तामाङ बर्षेनी खेती बढ्दै गएको मरिचको गुणस्तर बृद्धि गर्न पराम्परागत शैलीमा नयाँ अभ्यासहरु गर्न थालिएको छ ।...
पूर्वी नाका मेची भन्सारबाट राजश्व असुलीमा बृद्धि
४ वैशाख २०८२/डिकेश लामा पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट गत बर्ष भन्दा राजश्व संकलन बृद्धि हुँदै गएको छ...