धानकाे गाबाे बोकेरै रोग जाँच्न जान्छन् कमलका किसान

९ असोज २०८१/डिकेश लामा

धानमा रोग लाग्न थाले पछि धानको गावो नै बोकेरै किसानहरु कृषि कार्यालय पुग्ने गरेका छन् । संघीयता पछि हरेक स्थानीय तहले कृषि शाखाको व्यवस्थापन गरे पछि किसानलाई आउने समस्या समाधानमा टेवा पुग्दै गएको छ ।

अचानक धानको गावा सुक्ने र मर्ने रोग देखा पर्न थाले पछि किसानहरु चिन्तित बनेका छन् । तर कमल गाउँपालिका क्षेत्रका सचेत किसानहरु रोग फैलन नदिन रोगी धान बोकेरै कृषि कार्यालय जाने गरेका छन् । कार्यालयमा रोग लागेको धान लिएर पुगे पछि प्राविधिकहरुले सल्लाहसँगै उपचारका लागि प्राङगरिक विधिबाट बनाइएको औषधी समेत दिने गरेका छन् । औषधी र सल्लाह पाइने भएकाले किसानहरु धान बोकेर कार्यालय गएको कमल गाउँपालिका वडा नं. १ बोहोरा टोलका किसान चन्द्रबहादुर भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार गाउँपालिकाको कृषि शाखाले उत्पादन गरेको प्राङगरिक विधिको झोल विषादी र मलले धेरै रोगको समाधान भएको सुनेर आफू पनि आएको बताउनु भयो ।

सामान्यतय धानमा गवारो र अन्य किराले समेत बर्षेनी आक्रमण गर्ने गरेको छ । तर पछिल्लो समय अधिक मात्रमा रासायनिक विषादीको प्रयोगले थप रोग निम्तिएको कृषि प्राविधिक प्रेम पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार पालिकाले निर्माण गरेका निमास्त्रा, कमल झोल लगायतका विभिन्न मल र प्राङगरिक विषादीको प्रयोगले माटोको अवस्था सुधारसँगै उत्पादन समेत बृद्धि हुँदै गएको छ ।
यस्तै यता जिल्लाको कृषि सम्बन्धीको मुख्य कार्यालय कृषि ज्ञान केन्द्र झापामा पनि विभिन्न स्थानका किसानहरु धानमा रोग लागेको समस्या लिएर कार्यालयसम्म आउने गरेका छन् । यो बर्ष भदौ र असोजको पहिलो सातासम्म खासै पानी नपरेकाले कतिपय स्थानमा धान समेत सुक्न थालेको गौरादह नगरपालिका वडा नं. ६ का किसान रामप्रसाद गन्गाईले बताउनु भयो ।

झापा जिल्लामा बार्षिक ८५ हजार हेक्टर हाराहारी क्षेत्रफलमा नेपालकै सवैभन्दा धेरै धान खेती हुँदै आएको छ । तर कुनै वेला अचानक धानमा लाग्ने रोगका कारण भनेजस्तो उत्पादन लिन समस्या भोग्नु परेको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा व्यवसाय बढाउन साँगितिक कार्याक्रम
Next post ढेड दशक पछि रतुवा पुल बन्ने आशाः तर कन्काइको पुल कछुवाको तालमा(फाेटाे फिचर/भिडियाे कथा)