सुपारी खेती बढ्दैः याे बर्ष झापामा ५ लाख विरुवा विक्री तर बजारिकरणको समस्या हट्न सकेन (फाेटाे फिचर)

१४ भदौ २०८०/बालदिवश तामाङ

पूर्वी नेपालको झापाका किसानहरुको दरिलो नगदे बालीको रुपमा गर्दै आएको सुपारी खेती विस्तार हुनेक्रम बढेर गएको छ । यस बर्ष झापाबाट मोरङ्ग, सुनसरी हुँदै चितवनसम्म झण्डै ५ लाख विरुवा विक्री भएको छ । अलैंची पछि नगदे बालीको रुपमा ठूलो कारोवार हुने सुपारी खेती तर्फ किसानको आकार्षण बर्षेनी बढ्दै गएको छ । एक पटक रोपे पछि ३ पुस्तासम्म आम्दानी लिन पाउने भए पछि किसानको सुपारी खेती तर्फ आकार्षण बढ्दै गएको छ । झापामा २ हजार ७ सय हाराहारीमा सुपारी खेती हुँदै आएको छ । यो बर्षेनी बढ्दोक्रममा रहेको छ ।

त्यसो त सुपारी खेती विकासका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुपारी जोन कार्याक्रम नै संचालन हुँदै आएको ४ बर्ष भइसकेको छ । सुपारीमा सिंचाइ, विरुवा उत्पादन देखि प्रशोधनसम्मको यन्त्र उपकरणमा अनुदान दिन थाले पछि खेतीको आकार्षण बढेको सुपारी जोन कार्यान्वयन इकाइ झापाका वरिष्ठ बाली अधिकृत रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार ४ बर्ष देखि बर्षेनी किसानलाई अनुदानका कार्याक्रमहरु संचालन गर्दै आइएको छ । यो बर्ष पनि सुपारीमा कृषि यान्त्रिकरणका लागि सहयोग गरिएको छ ।

नेपालमै प्रशोधन तथा बजारीकरण हुन थाले पछि किसानले सुपारी खेती झापा बाहेकका तराईका अन्य जिल्लामा समेत गर्न थालेका छन् । यस बर्ष मात्रै झण्डै ५ लाख विरुवा खरिद विक्री भएको नेपाल सुपारी खेती विकास संस्थाका उपाध्यक्ष निलकण्ठ तिवारीले बताउनु भयो । तिवारीका अनुसार सुपारी खेती गर्ने भनेर लागि परेका कृषि सहकारीहरुले ५० हजार देखि १ लाख ५० हजारसम्म विरुवा उत्पादन गरी विक्री गरेका छन् । जिल्लाबाट करिव यो बर्ष जेष्ठ देखि असार मसान्तसम्म सुपारी रोप्नका लागि ५ लाख भन्दा धेरै विरुवा अन्य जिल्लामा समेत गएका छन् । उहाँका अनुसार बर्षेनी ९ अर्व भन्दा धेरैको कारोवार गर्दै आएको सुपारीको बजार र विक्री सम्बन्धी सरकारले ठोस निर्णय लिन नसक्दा खासगरी किसान र यसका व्यवसायीहरु धेरै मारमा परेका छन् । वैधानिक ढंगबाट भारत लगायतका अन्य देशमा सुपारी विक्री गर्ने बाटो खुले सुपारीले अर्वौ रुपयाँ साट्ने उहाँले बताउनु भयो ।

निलकण्ठ तिवारी (नेपाल सुपारी खेती विकास समिति उपाध्यक्ष)

नेपालको ८० प्रतिशत झापामा खेती हुने सुपारीले देशभर ९ अर्व भन्दा धेरैको कारोवार गर्दै आएको छ । तर अन्तराष्ट्रिय बजारमा वैधानिक तरिकाले व्यापार गर्न नपाउँदा भने सुपारीले भने जस्तो बजार र मुल्य पाउन नसकेको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुकेडाँगीमा सिमसारः रिचार्ज पोखरीले पर्यावरणसँगै पर्यटनको विकास (फाेटाे फिचर)
Next post पहिचानकाे मुद्दा ओझेलमा पर्दैनः शनिबार देखि घरघरमा माओबादी जनजागरण अभियान सुरु