अन्न भण्डारणले किसानलाई सहजः साना किसानले बनाए ठूलो क्षमताका गोदाम घरहरु (फाेटाे फिचर)

१० मंसीर २०८०/बालदिवश तामाङ

अन्नबाली प्रशोधनमा जोड दिन थालेका किसानले लामो समय देखि भण्डारणमा समस्या भोग्दै आएका थिए । तर सरकारको सहयोगमा किसानले गोदाम निर्माण गरेसँगै अन्न भण्डार गर्न पाउँदा राम्रो मुल्यमा विक्री गर्न समेत पाएका छन् । केही बर्ष अघिसम्म धान र मकै थन्काउने गोदाम नहुँदा किसानले खुल्ला आकाशमुनी बोरा राख्नु पर्ने बाध्यता थियो । तर पछिल्लो समय सरकारको अनुदानमा गोदाम घर निर्माण भए पछि विऊ उत्पादन गर्दै आएका गौरादह क्षेत्रका किसानलाई धेरै राहत पुगेको छ ।

ठूलो क्षेत्रमा विऊ धान खेती गर्दै आएको महारानीझोडा साना किसान कृषि सहकारीले यस अघि कृषि आधुनिकीकरण धान सुपरजोन कार्यान्वयन इकाइको ३० लाख अनुदानमा गोदाम घर र सानो विऊ प्रशोधन मेशिन खरिद गर्यो । यस बर्ष सरकारकै सहयोगमा पुन सरकारको सहयोगमा अन्य गोदाम घर बनाउन थालेको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार १ करोड ४० लाख नेपाल सरकारको अनुदानमा नयाँ भवन निर्माण भएको छ । तर सवै बजेट खर्च हुन नसक्दा काम यो बर्ष पुरा हुन सकेको छैन । अव बाँकी काम सहकारी र नगरपालिकाले पुरा गरी हस्तान्तरण गरिने योजना बनाइएको उहाँले बताउनु भयो ।

कोशी प्रदेशमा आफैले उत्पादन गरेर ठूलो परिमाणमा विऊ विक्री गर्दै आएको महारानीझोडाका किसानहरुले प्रविधि र प्रशोधनमा सरकारको टेवा पुगे पछि खेतीलाई समेत विस्तार गरेका छन् । जसले गर्दा गौरादह क्षेत्रका अधिक किसानहरु विऊ उत्पादनमा लागेका छन् । भण्डारणको व्यवस्था समेत राम्रो बन्दै गए पछि साना किसानहरुले झण्डै ५ सय विगाहमा विऊ धानको खेती हुन थालेको संस्थाका मुख्य प्रबन्धक चिरञ्जीवि भण्डारीले बताउनु भयो ।

जिल्लामा केही बर्ष यता साना ठूला गरी ३ दर्जन बढी गोदाम तथा कष्टम हायरिङ सेन्टर निर्माण भइसकेका छन् । प्रविधिसँगै प्रशोधन र भण्डारणमा समेत काम हुन थाले पछि अन्नबालीको मुल्य समेत राम्रो पाउन थालेको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा जंगली हात्तीको आतंक बढ्दै
Next post झापामा बुवाको हत्या आरोपमा छोरा पक्राऊ