दमक १ का वडाध्यक्षले असहयाेग गरेकै काराण उधाेग संचालनमा समस्या भएकाे महिला उध्यमीकाे आराेप (फाेटाे फिचर)

१२ मंसिर २०८०, सारासन्देश समाचार–  दमककी महिला उद्यमी विन्दु सिटौला (लक्की) ले आफुले आफ्नै नम्बरी जग्गामा उद्योग स्थापना गर्न खोज्दा दमक १ का वडाअध्यक्षले असहयोग गरेको गुनासो गर्नु भएकाे छ । दमक -१ रतुवा खोलाको छेउमा रहेको आफ्नो १० कट्ठा जग्गामा सिमेन्ट, ब्लक, ईटा जस्ता सामाग्री उत्पादन गर्ने ईको नेपाल ईन्फ्रास्टक्चर नामक कम्पनी स्थापना गरेर वडामा दर्ता गर्न जाँदा वडा अध्यक्ष हरि न्यौपानेले दर्ता गर्न नदिएको उहाँले पत्रकार सम्मेलनमा गुनासाे गर्नु भयाे ।

सिटौलाले सोमबार वडा नम्बर १ समेत रहेको दमक नगरपालिकाको प्रवेशद्धारमा पत्रकार सम्मेलन गर्दै सिटौलाले आफुले उद्योग दर्ताका लागी वडा कार्यालय देखि नगरपालिकासम्म पटक पटक धाउँदा पनि दर्ता नदिएको गुनासाे पाेख्नु भयाे । २०७३ सालबाट उक्त जग्गा आफ्नो नाममा ल्याएर हरेक बर्ष राजस्व बुझाउँदै आएको भए पनि अहिले उद्योग दर्ता गर्न खोज्दा वडाअध्यक्षले कहिले उक्त जग्गा दमकमा र कहिले कमल गाउँपालिकामा पर्ने भन्दै असहयोग गरेको सिटौलाको आरोप छ । अहिले आएर त वडाअध्यक्ष न्यौपानेको आदेशमा आफ्नो उक्त जग्गाको विवरण वडाको करदाता सूचीबाटै नै एकाएक हटाईएको पाईएको भन्दै उहाँले, –‘वडा अध्यक्षको ज्यादतीका कारण लामो समयदेखि आफुले हैरानी खेप्दैआएकी छु । ’ भन्नु भएकाे छ ।

वडाअध्यक्ष न्यौपानेले अधिकार क्षेत्र बाहिर गएर आफ्नो नम्बरी जग्गालाई ऐलानी घोषणा गरेको सिटौलाले आरोप समेत लगाउनु भयाे । आफ्नो नम्बरी जग्गालाई कुन आधारमा वडाअध्यक्षले ऐलानी घोषणा गरेको हो ? भन्दै सिटौलाले साँध सिमानाका सबै जग्गा दमकको नम्बरी हुने अनि आफ्नो मात्रै ऐलानी कसरी हुन्छ ? भन्दै प्रश्न गर्नु भयाे । उहाँले हालसम्म दमक नगरपालिकामा कर तिर्दै आएकाे जग्गा कसरी कमलमा पर्छ ? कमलमा पर्ने जग्गाकाे कर किन दमकले लिएकाे भन्ने उहाँकाे प्रश्नले जनप्रतिनिधिले कम्जाेरी गरेकाे हुन सक्ने कार्यक्रमका अन्य बक्ताले बताएका छन् ।  रोजगारी सृजना गर्ने महिला उद्यमीको रुपमा स्थापित हुने आफ्नो प्रयासमा स्थानीय सरकारबाट असहयोग भएको भन्दै न्याय दिलाईदिन सञ्चारकर्मीहरु समक्ष उनले आग्रह समेत गर्नु भयाे । यस्तै उहाँले पत्रकारलाइ उधाेग भएकाे जग्गा र भवन देखाउँदै खाेला बाँध्न लगाइएकाे बाँध समेत बङगाएर उधाेग भएकाे स्थानमा पार्न खाेजिएकाे बताउनु भयाे ।


यता वडाअध्यक्ष न्यौपानेले भने उक्त जग्गाको बिषयमा मालपोत र नापी कार्यालयमा बुझ्दा पनि दमकमै पर्ने र नम्बरीनै हो भन्ने प्रमाण नपाएकाले समस्या भएको बताउनु भयाे । कर तिर्न राेक्का गर्ने आदेश भने आफूले नदिएकाे उहाँले बताउनु भयाे । दमक नगरपालिकाका प्रमुख राम थापाले नै उक्त जग्गामा अहिले उधाेग संचालन गर्न नदिनु भन्ने पत्रका कारण अनुमति नदिएकाे उहाँकाे भनाइ छ । मधुमल्ला – ६, ङ काे जग्गा दमक १ मा नपर्ने उहाँले बताउनु भयाे । यसका लागि अदालतबाट आदेश आएमा मात्र वडाले दर्ता गर्ने सिफारिस दिने उहाँले बताउनु भयाे ।  उहाँले सो ठाउँमा सिटौलाले उद्योग स्थापना गर्दा संधियारहरुसंग पनि सहमति नलिएको र संधियारहरुबाटै उजुरी आएकाले पनि दर्ता सिफरिस गर्न समस्या भएको बताउनु भयाे ।

तर यता विधुत प्राधिकरणले भने विधुत जडान गरी नगरपालिकाकै सिफारिसमा चारकिल्ला प्रमाणित गरी उधाेगकाे घेराबारा समेत भइसकेकाे छ । दमक नगरपालिकाले चारकिल्ला प्रमाणित गर्न मिल्ने तर उधाेग संचालन गर्न नदिएकाले वडा अध्यक्ष न्याैपाने र प्रमुख थापाले राेक्ने प्रयास गरेेकाे देखिएकाे अन्य जग्गाधनीहरूकाे आराेप छ । कमलकाे जग्गा भए नगरपालिकाले कसरी चारकिल्ला प्रमाणित गर्न मिल्छ र लगातार कर लिन मिल्छ भन्ने प्रश्न पत्रकार सम्मेलनमा उठाइएकाे छ । कमल नदि वारीकाे जग्गा कमलकाे हाे भन्ने प्रमाणित भए दमक नगरपालिका बनाएकाे नमूना बस्ती देखि अन्य केही संघसंस्थाकाे भवन र बस्ती समेत कमल गाउँपालिकामा दिनु पर्ने अवस्था आउने सामाजिक अगुवाहरूकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बेलडाँगी शरणार्थी शिविर भित्र अवैध मादक पदार्थ नष्ट
Next post विऊ उद्योगले गौरादहका धेरै किसानलाई रोजगारीसँगै आम्दानी (फाेटाे फिचर)