२ हजार भुटानी शरणार्थी परिवारलाई व्लान्केट वितरण (फाेटाे / भिडियाे सहित)

१४ मंसिर २०८०/सारासन्देश समाचार

दातृ निकायले राहत कटौती गरे पछि समस्यामा परेका भूटानी शरणार्थीलाई आज झापाको वेलडाँगीमा व्लान्केट वितरण गरिएको छ । झापाको बेलडाँगी शरणार्थी शिविर र मोरङ्गको पथरी शनिश्चरे शिविरमा तेस्रो मुलुक पुगेका भूटानीहरुको संस्था सेजल ंएण्ड सिस्टर एलएलसीले प्रति परिवार एक/एक वटा जाडोका लागि व्लान्केट वितरण थालिएको शरणार्थी वस्ती व्यवस्थापन समिति वेलडाँगीका सचिव सन्चहाङ्ग सुब्बाले बताउनु भयो । सुब्बा अनुसार वेलडाँगी र पथरीका गरी २ हजार हाराहारीका घर परिवारलाई ३० लाख मुल्य बराबरको ओढ्ने व्लान्केट वितरण थालिएको बताउनु भयो ।

अमेरिकाबाट आउनु भएका संस्थाका प्रवन्धक म्याक सुवेदी सहित उहाँका परिवारका सदस्यले पहिले आफूसँगै शरणार्थी शिविरमा बसेका नेपालीभाषी भुटानीलाई भेटेर व्लान्केट वितरण गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

सुवेदीको संस्थाले यस अघि जाजारकोटको भूकम्प पीडित मध्ये १ सय ६० जना मृतकका परिवार र अति जोखिममा परेकालाई गरी प्रति परिवार १५ हजारका दरले ३० लाख रुपयाँ आर्थिक सहयोग गरेको बताउनु भयो ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विऊ उद्योगले गौरादहका धेरै किसानलाई रोजगारीसँगै आम्दानी (फाेटाे फिचर)
Next post शरणार्थी र स्थानीय बासिन्दाकाे सँयुक्त खेतीलाई प्रभावकारी बनाउन उच्च स्तरीय छलफल