शरणार्थी र स्थानीय बासिन्दाकाे सँयुक्त खेतीलाई प्रभावकारी बनाउन उच्च स्तरीय छलफल

१४ मंसिर २०८०/सारासन्देश समाचार

शरणार्थी दातृ निकायको सहयोगमा शरणार्थी र समुदायबीचको समुहले गर्दै आएको खेतीको विषयमा आज दमकमा उच्च स्तरीय छलफल भएको छ । ३ दशक देखि शरणार्थीको रेखदेखमा काम गर्दै आएको शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय (यूनएनएचसीआर), अन्तराष्ट्रिय श्रम संगठनका नेपाल निर्देशक सहितको टोली र मानसरोवर कृषि सहकारीबीच छलफल भएको हो ।

यस बर्ष थालिएको बृहत आलु खेती र आगामी दिनमा शरणार्थी समूदायसँग कसरी मिलेर खेती गर्ने विषयमा छलफल भएको सहकारी संस्थाका व्यवस्थापक महेन्द्र अधिकारीले बताउनु भयो ।

कार्याक्रममा अन्तराष्ट्रिय श्रम संगठनका नेपालका निर्देशक नुमान ओजकानले शरणार्थी र समूदायले मिलेर थालेको खेतीलाई दिर्घकालिन र आम्दानीमुलक बनाउन सकिने गरी काम गर्नु पर्ने बताउनु भयो । नेपालका लागि शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायकी क्यारोलिन स्पाननुथ भर्मा, मान सरोबर कृषि सहकारी संस्थाका अध्यक्ष तथा झापा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बराललाई भूटानी शरणार्थी र समूदायबीचको सँयुक्त कृषि कार्याक्रमलाई थप सहयोग गर्न सहभागी किसानले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post २ हजार भुटानी शरणार्थी परिवारलाई व्लान्केट वितरण (फाेटाे / भिडियाे सहित)
Next post यान्त्रिकरणले प्रशोधनसँगै प्याकेजिङ समेत गर्न थाले पछि सुपारी किसानमा उत्साह बढ्दै (फाेटाे फिचर)