पेट्राेलकाे मुल्य बढेर ११६ पुग्याे

१८ फाल्गुन २०७७,काठमाडौं– नेपाल आयल निगमले केही समय यता ३ पटक मुल्य बृद्धि गरेकाे छ । एक पटकमा प्रति लिटर २ रूपयाँ मुल्य बढाएसँगै पेट्राेलकाे मुल्य १ सय १६ रूपयाँ पुगेकाे छ । गए मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको हाे ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर ११६ रुपैयाँ कायम भएको छ । यस्तै डिजल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ ।

यसैगरी हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा पाँचले वृद्धि गरी ७२ रुपैयाँ गरिएको निगमले जनाएको छ । यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरिएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । गत माघ ६ गते मुल्य बढाए पछि याे तेस्राे पटक हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ६४ निकाे, ७३ संक्रमित
Next post ताप्लेजुङमा भिषण आगलागीः हालसम्म ४० घर भन्दा धेरै जलेर नष्ट