नक्कली भुटानी शरणार्थी प्रकरणबारे उच्च अदालतकाे मिश्रित आदेश: केही धराैटी र केही थुनामा रहने

१५ मंसिर २०८०, काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्धको पुनरावेदनमा उच्च अदालत पाटनले मिश्रित आदेश दिएको छ । केही प्रतिवादीका सम्बन्धमा जिल्लाकै आदेश सदर गरिदिएको छ भने केही प्रतिवादीहरुलाई साधरण तारिख र धरौटीमा रिहा गर्ने आदेश गरेको छ । पूर्व उपप्रधानमन्त्री एवम टोप बहादुर रायमाझीका सम्बन्धमा जिल्ला अदालतकै आदेश सदर गरिरहँदा पूर्व गृहमन्त्री बालकृष्ण खाँडका सम्बन्धमा भने न्यायधीशहरुको राय बाझिएको छ ।

अदालतले टाेप बहादुर रायमाझी, बालकृष्ण खाँण ( राय बाझिएकोले थुनामै रहने), टेक नारायण पाण्डे, इन्द्रजीत राई, केशब प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङ्टावा शेर्पालाई  थुनामै रहने आदेश दिएकाे छ ।  यसैगरी सन्दीप रायमाझी (३०लाख), नरेन्द्र केशी (१० लाख), टेकनाथ रिजाल (१५ लाख),  हरिभक्त मर्हजन (१५ लाख), सम्शेर मियाँ (१० लाख), रामशरण केसी (१५ लाख)  धराैटीमा रिहा भएका छन् । यसैबीच आशिस बुढाथोकी, लक्ष्मी महर्जन, टंक कुमार गुरुङ्ग, केशब तुलाधर भने साधारणा तारेखमा छुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post यान्त्रिकरणले प्रशोधनसँगै प्याकेजिङ समेत गर्न थाले पछि सुपारी किसानमा उत्साह बढ्दै (फाेटाे फिचर)
Next post सञ्चार क्षेत्र लैंगिक हिंसा न्यूनीकरणमा अझ शसक्त बन्नु पर्नेमा जाेड